तनँहु सेवा समाज कतारले बनभोज तथा साङ्गितिक कार्यक्रम गर्दै

सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सदभाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने नाराका साथ स्थापना भएको तनहुँवासीहरुको संस्था तनहुँ सेवा समाज कतारले २०७४ सालको शुभकामना आदान-प्रदान तथा बृहत बनभोज कार्यक्रम गर्ने भएको छ ।कार्यक्रम आगामी २८ अप्रिल शुक्रबारको दिन उम्सलाल अलि स्थित अलदार क्लबमा हुनेछ।कार्यक्रमको टिकट दर ४० रियाल रहेको छ।

कार्यक्रमको मुख्य आकर्षक नेपाली दोहोरी गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका  कुमारी थापा नेपाल बाट आउँदै हुनुहुन्छ ।

त्यस्तै कार्यक्रममा स्थानिय नृत्यकार जीना मगर र भगवती बस्याल, हाँस्य कलाकार सुरज वि.सी,लोक दोहोरी गायक/गायिका बलविक्रम थापा, रित कुमार श्रेष्ठ,कमला गुरुङ,आधुनिक गायक विजय रानापाली साथै कलाकार सोम थापा,कृष्ण विसी, शुभराज खत्री, र आधुनिक गायक टंक राज वि.क लगायतको बेजोड प्रस्तुती पनि रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button