बिज्ञापन

पहिलो दिनमा एक सय बढी सवारी बिक्री

जफत गरिएको सवारी बेच्ने क्रमको पहिलो दिनमा एक सय भन्दा बढी सवारी बेचिएको अरबिक पत्रीका अल अरयाले बताएको छ ।

तीन महिना भन्दा बढी देखी जफत भएका सवारी धनीले कुनै हकदाबी गर्न नआएपछि सवारी बेच्न सुरु गरिएको ट्राफिक अनुसन्धान विभाग तथा जफत सवारी बिक्री जिम्मा समितिका प्रमुख क्याप्टेन हमाद अल नुऐमीले बाताएका छन् ।

यसअघि ट्राफिक विभाग कतारले विभिन्न कारणमा तीन वा सो भन्दा बढी महिनाको अन्तरालमा जफत गरिएको सवारी साधनको जरिवाना बुझाएर फिर्ता लान आग्रह गरेको थियो ।

२०१५ को परिमार्जित कानून नम्बर १६ अन्तर्गत धारा ८९ बमोजिम ट्राफिक विभागले यस्तो निर्णय गरेको हो।  ती सवारीहरु आवश्यक प्रक्रिया पश्चात बेचिन लागेको हो ।

औद्योगिक क्षेत्र स्ट्रिट नम्बर ५२ मा रहेको सवारी निरीक्षण विभागमा १३ अक्टोबर बाट  दुर्इ हप्तासम्म बेलुका ४ देखी ७ बजे सम्म बेच्नका लागि राखिने विभागले बताएको छ ।

विभागको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button