बिज्ञापन

फेब्रवरी १ देखि तेलको भाउ फेरी बढ्ने


कतारमा तेलको भाउ फेरी बढ्ने भएको छ । फेब्रवरी १ तारिक बुधबार देखि लागु हुने गरी डिजेल तथा पेट्रोल दुबैको भाउमा ५ देखि १० दिराम ले वृद्धि हुने कतारको उर्जा तथा औधिोगिक मन्त्रालयले जनाएको छ ।

अब ९१–अक्टेन प्रिमियम पेट्रोलको भाउमा ५ दिरामले वृद्धि भई प्रति लिटर १.५५ कतारी रियाल पर्नेछ भने ९५–अक्टेन सुपरको भाउमा प्रति लिटर १० दिरामले वृद्धि भई प्रति लिटर १.६५ कतारी रियाल पर्नेछ ।

त्यस्तै डिजेलको भाउमा पनि ५ दिरामले वृद्धि भई प्रति लिटर १.५० कतारी रियाल पर्नेछ ।

गत वर्षको मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।

यो संगै कतारमा तेलको भाउ बढेको  यो चौथौ पटक हो ।


कतारका अरु धेरै  समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button