२५६२ औं बुद्ध जयन्ती मनाइने

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद(एनआरएनए एनसीसी) कतारको समन्वयमा आगामी मे ४ तारिखका दिन सम्पूर्ण संस्थाहरु आयोजक रहने गरी २५६२ औं बुद्ध जयन्ती मनाइने भएको छ।एनआरएनए एनसीसी कतारका अध्यक्ष नगेन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा कतारमा स्थापित संघ-संस्थाहरुका प्रमुखहरु तथा प्रतिनीधीहरु बीच गत शुक्रबार बसेको बैठकमा उक्त निर्णय गरिएको हो।
छलफल मार्फत सो कार्यक्रम आयोजनाको लागि इच्छुक आयोजक संस्थाहरुले ५० रियाल शुल्क बुझाई आफ्नो संस्था दर्ता गराउनु पर्ने निर्णय समेत गरिएको छ ।
कार्यक्रम मे ४ तारिख कतारस्थित नेपाली राजदुतावासमा हुँदैछ।कार्यक्रम अन्तर्गत पूजाको समय बिहान ८ बजे देखि र औपचारिक कार्यक्रम बिहान ११ बजे देखि हुने तय गरिएको छ।कार्यक्रम बारे थप जानकारी तथा संस्था दर्ता गर्नको लागि संस्थाका प्रथम उपाध्यक्ष तेज कटुवाल ५५८६ ८२१४ र प्रवक्ता अशोक तामाङ ६६०५ ५०७१ लाई सम्पर्क गर्न सकिनेछ।
एनआरएनए एनसीसी कतारले जारी गरेको विज्ञप्ति यस्तो छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो