अलपत्र कामदारको समस्या समाधान हुने

 

कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल (एचकेएच) कम्पनीमा कार्यरत ४ सय २९ अलपत्र नेपाली कामदारको समस्या समाधान हुने भएको छ । तत्कालका लागि नेपाली दूतावासको पहलमा कतार च्यारिटी मार्फत हाल खाद्यान्नको व्यवस्था गरिएको छ।

पीडित नेपाली कामदारहरुले पाउन बाँकी तलव, भत्ता लगायतका अन्य सुविधा उपलव्ध गराई घर फर्कने व्यवस्थाका लागि कतारको श्रम मन्त्रालयका प्रमुख तथा श्रम विभाग सँग  दूतावासले दुई पटक भेट-वार्ता तथा छलफल गरी समस्याको यथाशिघ्र निकासका लागि अनुरोध गरिसकेकोछ ।साथै यहाँको सम्वन्धित कतारी निकाय बाट उक्त समस्यालाइ चाडै निकास दिने जानकारी आएको दूतावासले जनाएको छ ।

सो कम्पनीमा कार्यरत ४ सय २९ नेपालीसहित १२ सय विदेशी कामदार अलपत्र परेका छन् । उनीहरूले विगत तीन देखि ६ महिना यताको तलब पाएका छैनन्।गत मार्च २७ देखि काम रोकिएपछि पीडित कामदारहरूलाई खानाको जोहो गर्न समेत समस्या भएको थियो।उनीहरूलाई कम्पनीले कतारको सनैयास्थित ३६, ४१ र अल खोरस्थित क्याम्पमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button