२.८ टन सुर्ती बरामद

कतार भन्सार निरीक्षण विभागले लुकाएर ल्याइएको अवस्थामा २.८ टन सुर्ती (तम्बाकु) बरामद गरेको छ। जहाज मार्फत हमाद बंदरगाहमा आएको सामान जाँच्ने क्रममा पानी हिटर भित्र सो मात्राको सुर्ती भेटिएको हो ।

पानी हिटर जाँच्ने क्रममा भित्र सामान देखिएपछि थप अनुसन्धान गर्दा चलाखीपूर्ण ढंगले सुर्ती त्यसभित्र राखिएको भेटिएको थियो।जहाज त्यसका सदस्यलाई कानुनी प्रक्रिया अगाडि बढाइएको विभागले बताएको छ।
यसअघि गत महिना पनि बन्दरगाहमा १० टन सुर्ती बरामद गरिएको थियो।कतारमा सुर्ती सेवन तथा त्यसको किनबेच अवैध मानिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो