हमाद विमानस्थलमा एक घन्टा निशुल्क पार्किङ गर्न पाइने

आउँदै गरेको इदलाई मध्यनजर गर्दै कतारको हमाद विमानस्थलले पार्किङ नीति परिवर्तन गरेको छ ।
जुन १५ देखि ३० तारिक
नयाँ नियम अनुसार भोलि जुन १५ देखि ३० सम्म विमानस्थलमा एक घन्टा निशुल्क पार्किङ गर्न सकिनेछ । एक घन्टा पश्चात नियमित पार्किङ शुल्क लाग्ने विमानस्थलले बताएको छ ।
जुलाई ६ देखि १० तारिक
त्यस्तै एक घन्टा निशुल्क पार्किङको व्यवस्था जुलाई ६ देखि १० सम्म सिमित समयको लागि रहनेछ । सो समयमा बिहान ५ देखि ८, बेलुका ५ देखि ७ र राती १०:३० देखि २:३० सम्म पार्किङ निशुल्क रहनेछ ।
अन्य समयमा पार्किङ शुल्क
पहिलो दुई घन्टसम्म १५ रियाल प्रति ३० मिनेट ।
दुई घन्टा पछि २५ रियाल प्रति ३० मिनेट।
तीन घन्टा पछि ३५ रियाल प्रति ३० मिनेट ।
पूरा एक दिनको ३५० रियाल ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
11
मनपर्यो
3
खुसी लाग्यो
2
दुःख लाग्यो
0
रुन मन लाग्यो
4
हाँसो लाग्यो
0
रीस उठ्यो