एमाले सचिवालय बैठक सुरू

काठमाडौं, मङ्सिर २५-
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरू भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।
आजको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणको ब्रिफिङ, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक जीवन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । अपराह्न ४ बजे बोलाइएको बैठक केही ढिला सुरू भएको हो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो