पत्रकार महासंघ कतारको भेला सम्पन्न

केशब चापागाईं
नेपाल पत्रकार महासंघ कतार शाखाले पत्रकारहरुको भेला सम्पन्न गरेको छ।गत शुक्रबार भएको भेलामा सामुदायिक पत्रकारिता आजको आवश्यकता भन्ने विषयमा जोड दिइएको थियो। परिचयात्मक कार्यक्रमबाट अघि बढाइएको भेलामा महासंघ कतार शाखाका वर्तमान अध्यक्ष करिमबक्स मियाँले महासंघ बाहिर रहेका पत्रकार पनि महासंघमा आवद्द भएर कलम चलाउन आग्रह गरेका थिए।उनले कतारमा नेपाली पत्रकार भएर कतारी निकाय संग काम गर्न वातावरण मिलाउदै गरेको जानकारी दिदै सामुदायिक पत्रकारितामा जोड दिए कतारका समाचार लेख्दा सम्यमता,यथेस्ट प्रमाण जुटाएर मात्र लेख्न आग्रह गरे।विभिन्न संघसंस्था र नेपाल सरकार अनि कतार सरकार बिचको पुल बन्न सम्पुर्ण पत्रकारहरुलाई आग्रह गरेका थिए।
महासंघ कतार साखाका बर्तमान उपाध्यक्ष नवराज बिकले खोज पत्रकारिताको अवधारण अघि सार्दै कुनै पनि केसको गहिराइ सम्म पुगेर पत्रकारिता गर्न आग्रह गरेका थिए।बिकले नेपाली श्रमिकका पिडालाई बिचैमा छोडेर पत्रकारिता नगरी कुनै पनि पिडित र पिडक बिचको सेतु बन्न आग्रह गरे। महासंघ कतार साखाका कार्यबाहक सचिव राजेश्वर ढकालले संन्चालन गरेको भेलामा कतारमा रहेर कलम चलाउने सम्पुर्ण अनलाईन तथा छापा संस्करणहरुका पत्रकारहरुको उपस्थिती रहेको थियो।
दोहाको नेपाली आगन रेस्टुरेन्टमा आयोजना गरिएको भेलाको अन्त्यमा महासंघ कतार साखाका बर्तमान अध्यक्ष मियाँले महासंघ बाहिर रहेर पत्रकारिता गर्ने पत्रकारहरुलाई महासंघ भित्र गोलबन्द हुँदै सामुदायिक पत्रकारिता गर्न आग्रह गर्दै भेलाको समापन गरेका थिए।