पसल चोरी गर्ने ५ जना पक्राउ

देशको विभिन्न स्थानमा रातको समयमा पसल चोरी गर्ने ५ जनाको समूहलाई कतार प्रहरीले पक्राउ गरेको छ।चोरी भएका पसल बाट उजुरी पर्न थालेपछि अपराध अनुसन्धान विभागले अनुसन्धान तिब्र पारेको थियो।
अनुसन्धानको लागि प्रहरीले एक विशेष टोली छुटाएर खोजी कार्य गरेपछि एसियन मूलका ती ५ जना पक्राउ परेका हुन्।टोलीले उनीहरूबाट चोरिएको सामान सँगै ताला खोल्ने चाबी समेत बरामद गरेको छ।प्रहरी सँगको सोधपुछमा गल्ती स्वीकार गरेपछि उनीहरूलाई थप कानूनी प्रक्रिया अघि बढाइएको आन्तरिक मन्त्रालयले जनाएको छ।