५०० भन्दा बढी सामानको मूल्य घट्यो
रमादान महिनाका लागि ५०० भन्दा बढी दैनिक उपभोग्य सामग्रीहरूको मूल्य घटेको छ।अर्थ तथा वाणिज्य मन्त्रालयले हिजो एक सूची सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।सामानको मूल्य आज देखि रमादान महिनाको अन्तिम दिन सम्मका लागि लागू हुनेगरी घटेको हो।
रमादान १४३९ एच महिनाका लागि ‘लेस ड्यान ड्युटी’ (कार्य भन्दा कम) नाराका साथ मन्त्रालयले यस्तो अभियान सञ्चालन गरेको हो।यस पवित्र महिनामा उपभोग हुने सम्पूर्ण खाद्य तथा अन्य सामग्रीहरु घटेको सूचीमा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।त्यस्तै यो देशभरका प्राय सपिङ कम्प्लेक्सहरुमा लागू भएको छ।मूल्य घटेको सामग्रीहरू सपिङ कम्प्लेक्स अगाडि राखिएको होडिङ बोर्ड र मन्त्रालयको वेबसाइटमा हेर्न सकिन्छ।
अभियानको निश्चित गर्न मन्त्रालयको विशेष टोलीले महिनाभर निरीक्षण गर्ने र नियम मिच्नेलाई मन्त्रालयले कारबाही गर्ने बताइएको छ।नियम उल्लंघन गर्ने कम्प्लेक्सहरुलाई उजुरी गर्न मन्त्रालयले सर्वसाधारणलाई आग्रह समेत गरेको छ।
कहाँ उजुरी गर्ने ?
ईमेल – info@mec.gov.qa
ट्विटर –@MEC_QATAR,INSTRUCTIONS MEC_QATAR