कतारमा आईएलओको कार्यालय स्वागतयोग्य : राजदूत

कतारमा हालसालै स्थापना भएको अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को कार्यालय स्वागतयोग्य भएको कतारका लागि नेपाली राजदूत प्रो रमेश प्रसाद कोइरालाले कतार ट्रिव्युन पत्रिकालाई बताउनु भएको छ।कार्यालय स्थापना एतिहासिक भएको र श्रमिकको हकअधिकार सुनिश्चित गर्न कतार सदैव प्रतिबद्ध भएर लागि परेको कोइरालाले भन्नुभएको छ।
‘यो कदमले कतार र आईएलओ बीचको सहकार्य बलियो हुनेछ।दोहामा स्थापित यस कार्यालयले आप्रवासी श्रमिकको समस्या चाँडो सुल्झाउन मदत पुर्याउनेछ।त्यस्तै कतारले यो वर्षको अन्त्यमा कामदारको तलब बढाउने समाचार पनि सकारात्मक छ।गत वर्ष कतारले अस्थायी न्यूनतम तलब ७५० तोकेको थियो।यदि आउने दिनमा तलब वृद्धि भए कतार खाडी क्षेत्रमा एक उदाहरण नै बन्नेछ।,’ उहाँले भन्नुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो