आज मे ७ तारिख।सोमबार। वैशाख २४

अंग्रेजी मितिः इश्वी सन् २०१८ मे ७ तारिख।सोमबार। नेपाली मितिः २०७५ साल वैशाख २४ गते ।
शकसंवत् १९४०। नेपाल संवत् ११३८ चिल्लागा। वैशाख कृष्णपक्ष। तिथि– सप्तमी, १६:०७ बजेउप्रान्त अष्टमी।नक्षत्र– श्रवण, २९:२९ बजेउप्रान्त श्रवण। योग– शुभ, ११:३० बजेउप्रान्त शुक्ल। करण– वव, १६:०७ बजेदेखि वालव, २९:०२ बजेउप्रान्त कौलव। आनन्दादिमा काण योग। चन्द्रराशि– मकर।
दोहामा सूर्योदयः बिहान ४:५५ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ ०६:०६ मा हुनेछ ।
राहुकालः ०८:१४ देखी ०९: ५२ बजे सम्म । शुभ मुहूर्त : ११:०४ देखी ११:५६ ।
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ४१ डिग्री र न्युनतम तापक्रम २९ डिग्री सेल्सियस बिच रहने छ ।

आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २९ रुपैंयाँ ३० पैसा र नेपाली बिक्रि दर २९ रुपैंयाँ ४६ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १५३.०० कतारी रियाल रहेको थियो ।