कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरीः जनार्दन शर्मा

चितवन, कार्तिक ०३
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि नयाँ ढंगले सोच्न जरुरी रहेको बताएका छन्।

शनिबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले केही असन्तुष्टिका कारण तितरबितर भएको माओवादी आन्दोलनलाई एकताबद्ध गर्न ठुलो छाती गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

उनले जनजीविकाको सवालमा जनताले प्रश्न गरिरहेको भन्दै प्रश्नको सम्बोधन गर्नु राजनीतिक दलहरुको दायित्व भएको स्मरण गरे।

पीडित वर्गका बालबालिकाहरूले रोजगारी, सहज शिक्षा, गुणस्तरीय उपचार पाए की पाएन ? भन्ने कुरा मुख्य भएको बताउँदै उपमहासचिव शर्माले समावेशी र सङ्घीयताका मुद्दालाई वर्तमान गठबन्धनले नजरअन्दाज गरेको आरोप लगाए।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button