अल सादलाई हराउँदै दुहेल अमिर कपको फाइनलमा

कतारमा जारी ४६ औं अमिर कपको पहिलो सेमीफाइनल खेलमा पूर्व विजेता अल साद लाई हराउँदै अल दुहेल कप फाइनलमा प्रवेश गरेको छ।हिजो राती सम्पन्न खेलमा दुहेलले साद माथि १-० जीत हात पारेको हो।
खेलमा अल्मोएज अलिले गरेको गोल नै निर्णायक बन्दा दुहेलले खेल जित्न सफल भएको हो।अलीले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए।

अल सादको घरेलु मैदानमा भएको हिजोको खेलमा अल साद को लागि सहायक भिडियो रेफ्री बाधक बन्न पुगेको थियो।२७ औं मिनेटमा हसन हेदसलाई दुहेलका डिफेन्डर टेरावरीले भित्री बक्समा लडाएको बल फल हुन पुगेन।त्यस्तै ४५ औं मिनेटमा अल सादका अब्देल करीमले रातो कार्ड पाएका थिए।
खेलमा अधिकांस समय बल नियन्त्रणमा राखेको दुहेलको आधा दर्जन बढी प्रहार पोलमा लागेको थियो।
दुहेलले आउँदो शनिबार हुने अमिर कपको फाइनल खेलमा आजको विजेता रेयान सँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल खलीफा अन्तराष्ट्रिय रंगशालामा हुँदैछ।