नेपाली श्रमिकको समस्या समाधान गर्न पहल गर्दै दूतावास

कतारका लागि नेपालका महामहिम राजदूत प्रा. रमेश प्रसाद कोइरालाले कतार परराष्ट्र मन्त्रालयको एसियन मामिलाका निर्देशक खालिद इब्राहीम अब्दुल रहमान अल हमर सँग कतारको परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नु भएको छ।गत  बुधबार भएको भेटमा नेपाली श्रमिकहरुका विविध समस्या तथा समाधानका उपायहरुका विषयमा गहन छलफल गरिएको थियो। 

नेपाली श्रमिकहरुको समस्या समाधानका लागि आवश्यक सम्पूर्ण प्रकारको सहयोग गर्न कतार तत्पर रहेको निर्देशक अल हमरले बताएका छन्। भेटकै क्रममा दुई देश वीच उच्चस्तरीय भ्रमणको आदान प्रदान गर्ने लगायत नेपाल कतार बीचको द्बिपक्षीय सम्बन्धका विविध विषयहरुमा पनि छलफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button