गति लिँदै कतारस्थित नेपाली दूतावास

कतारस्थित नेपाली राजदूतावासले नेपाली श्रमिकको समस्या सुल्झाउन यतिखेर तिब्र रुपमा अगाडि बढेको छ।आज एक विज्ञप्ति जारी गर्दै दूतावासले २०७४ माघ देखि चैत्र महिना सम्म भएका श्रमिकका हकहित तथा उद्धार सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ।
सो अवधिमा दूतावासले गरेको कार्यहरू यस्तो छ :
कम्पनीले फसाएका ७ जनाको उद्दार
स्विस इन्जिनेरिङ कम्पनीमा कार्यरत जीत बहादुर बि.क., श्री हरि कुमार थापा, श्री श्याम केवट, गिरी पंगेनी, श्री श्याम लाला राना, श्री राम कृष्ण गुरुङ र श्री कृष्ण बहादुर दर्जीलाई उक्त कम्पनीले फकाई फुलाई गलत (खाली) कागजातमा दस्तखत गर्न लगाएको थियो।पछि कम्पनीले उक्त खाली दस्तखत गराएको कागजमा प्रत्येकले कतारी रियल ९ हजार ऋण बुझिलिएको भनी लेखि त्यसकै आधारमा उनीहरु बिरुद्ध अदालमा मुद्धा चलाइयो र कम्पनीमा बसेर काम गरिरहेको अवस्थामा समेत भागेको भनी प्रहरीकहाँ उजुरी समेत हालेपछि ती ७ नेपाली अलपत्र परेका थिए।राजदूतावासको बिशेष पहलमा कतार सरकारबाट बिशेष निर्णय गराई निजहरुलाई अप्रिल ६ तारिख नेपाल फर्काईएको छ ।
लाइसेन्स बिना सवारी चलाई दुर्घटना गराउँदा जेल परेका मोहनको उद्दार
कतारको सवारी अनुमतिपत्र बिना सवारी साधान चलाइ दुर्घटना गराएको कसुरमा नेपाली नागरिक मोहन चन्द्र मरासिनीलाई कतारी अदालतको फैसला बमोजिम जेल सजाय पछि जरिवाना भुक्तानीकोलागी राजदूतावासबाट आवश्यक समन्वय गरेर अन्य बिभिन्न प्रकिया पूरा गरी राती ४ बजे नेपाली राजदूतावासमा लिएर आई पुरुषहरुको सुरक्षित आप्रवासन गृह नभए पनि बसोबास खान र बस्नको ब्याबस्था १० दिन राजदूतावासमै राखि नेपाल फर्कइएको छ।
क्लिनिङ कम्पनीमा कार्यरत १२० कामदारको समस्या समाधान
युनाइटेड क्लिनिङ, अल जजिरा क्लिनिङ लगायत कम्पनीमा कार्य गर्दै आएका १२० जना नेपाली कामदारहरुलाई ३ महिनाको तलव र एक महिना देखि खाना समेत नदिएको जानकारी दूतावासले पाएको सोही दिन राजदूतावासको समन्वयमा कतारको श्रम विभागको प्रतिनिधि लाई राजदूतावासमा बोलाई कामदारहरुको रोहवरमा छलफल भइ खानाको समस्याको लागि खानाको ब्यबस्था भएको र केहीलाई नेपाल फर्काउने काम भएको, केही कम्पनी परिवर्तनको प्रकिया अगाडी बढाउने ब्यबस्था मिलाईएको छ ।
एचकेएच कम्पनीमा कार्यरत ४३९ जनाको समस्या समाधानको पहल
एचकेएच कम्पनीमा कार्यरत ४३९ जना नेपाली कामदारहरुलाई बिगत ४ देखि ६ महिना सम्मको तलब नपाएको र १ महिनादेखि खानको समस्या भएको जानकारी प्राप्त भएपछि उक्त कम्पनीको समस्याका विषयमा कतारको श्रम मन्त्रालय, श्रम विभाग र कम्पनीको जिम्मेवार व्यक्तिहरुसँग छलफल गरी उक्त समस्या यथासिघ्र समाधान गर्न अनुरोध गरिएकोमा कम्पनीले चाडै वांकी अवधिको तलव उपलव्ध गराउने जानकारी गराएको थियो । खानाको समस्या समाधानका लागि कतारको श्रम मन्त्रालय र श्रम विभाग समेतलाइ जानकारी गराइ ती निकायको समन्वयमा केही दिन खानाको व्यवस्था मिलाइएको र राजदूतावासको तर्फवाट समेत केही दिनका लागि खाना उपलव्ध गराइएको छ । उक्त कम्पनी वन्द हुने अवस्थामा पुगेको हुँदा कम्पनी परिवर्तन गर्न चाहने हरुका लागि परिवर्तन गराउन र घर फर्कनेहरुका लागि घर फर्काउने कार्यका लागि समन्वय भैरहेको छ।
मृतक, अस्पतालमा कोमामा रहेका, उद्धार, बिभिन्न मागपत्र प्रमाणिकरण लगायतका विवरण :
१. राजदूताबासबाट समाधान गरिएका विभिन्न समस्याहरु ५३० ।
२. पाउनुपर्ने सेवा सुविधा नपाएका (खासगरी तीन महिना भन्दा बढीको सेवा सुविधा नपाएका) कतार सरकारको श्रम बिभागमा कमादारको निवेदकको सङख्या ८२७ ।
३. कम्पनी छाडेका, कतारी आईडी नलगाइएका तथा म्याद सकिएको छ महिना भन्दा बढी बसेकाहरु कतार सरकारको सर्च तथा फलो अप विभाग मार्फत आवश्यक प्रक्रिया पूरा गरी नेपाल जाने प्रक्रियाको निवेदकको सङख्या ४१६ ।
४. आकस्मिक अवस्था परी नेपाल जानुपर्ने तर कम्पनीले सहजै जान स्वीकृती नदिएका कामदारहरुलाई इमरजेन्सी गमन विभाग मार्फत नेपाल पठाउने व्यावस्थाकोलागि अगाडी बढाइएकाहरु कतारको मदिना खलिफा स्थित पुलीस अफिसले आकस्मिक रुपमा नेपाल जानुपर्ने अवस्थाको एकीन गरी सम्बन्धित कम्पनीसँग समन्वय गरी नेपाल पठाउने व्यवस्थाको लागि निवेदकको संख्या १४१ ।
५.डिपोर्टटेशन सेन्टरमा घर फर्कने क्रममा रहेका नेपालीहरुको संख्या १२३ ।
६. कानूनी कारवाहीको सिलसिलामा अदालती प्रक्रिया पूरागरि सजाय भुक्तानकोलागि जेलमा रहेका नेपालीहरुको संख्या ४७।
७. कम्पनी परिबर्तन गरी काम गर्न चाहनेहरुको संख्या राजदूतावासको सम्पर्कमा आइ सिफारिस गरिएको संख्या ११९
८. सिकिस्त अवस्थामा अस्पतालको कोमामा रहेका बिरामीहरुको संख्या १० ।
९. मृत्यु भएका नेपालीहरुको संख्या ३३ ।
१०. ब्यक्तिगतमागपत्र प्रमाणिकरण संख्या ३१८ ।
११. समूहगत मागपत्र प्रमाणिकरण संख्या १५० ।
१२.कम्पनीबाट पेश भएका मागपत्र १५९०
१३. पुनः श्रम स्वीकृतीकोलागि शिफारिस संख्या ७८ ।