नेपाल मिस युनिभर्सको प्रारम्भिक चरणबाटै बाहिरियो, उपाधि डेनमार्कलाई

काठमाडौं, मंसिर २-

यस वर्षका ठूला सौन्दर्य प्रतियोगितामा नेपालको उपस्थिति कमजोर देखिएको छ । मिस अर्थ र मिस इन्टरनेसनलमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिनुपर्‍यो । नेपाली समयानुसार आइतबार बिहानको मिस युनिभर्सको प्रतिस्पर्धामा पनि नेपालले ठोस उपलब्धि हासिल गर्न सकेन । अन्तिम ३० मा नेपालले स्थान बनाउन सकेन ।

मेक्सिको सिटीमा आयोजित भव्य ग्राण्ड फिनालेमा डेनमार्ककी भिक्टोरिया जैरले ताज चुम्दा नेपालको प्रतिनिधित्व गरेकी सम्पदा घिमिरे सुरुवाती चरणबाटै बाहिरिइन् । नाइजेरिया फस्ट रनरअप, मेक्सिको सेकेन्ड रनरअप, थाइल्याण्ड थर्ड रनरअप र भेनेजुएला फोर्थ रनरअप घोषित भए । नेपालको राष्ट्रिय गाउन प्रस्तुत गर्ने र परिचय राउण्ड बाहेक नेपालले अघिल्ला चरणबाट आफूलाई उभ्याउन सकेन ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button