नेपाली टिमले बीच फुटबल प्रतियोगितामा भाग लिने

नेपाली फुटबल टिमले बीच(समुन्द्र किनार) फुटबल प्रतियोगितामा भाग लिने भएको छ।कतार ओलम्पिक कमिटीको आयोजनामा “विन्टर क्याम्प च्याम्पियन्स” प्रतियोगितामा नेपाली टिमले पहिलो पटक भाग लिन लागेको हो।एक दिवसीय प्रतियोगिता भोलि शुक्रबार मिसाईद स्थित सीलाइन बीच मा हुँदैछ।

नेपाली टोलीमा राजकुमार चौधरी,दीपक सुनार,भुपेन देवा,भानु राई, मिलन थापा,विकास भण्डारी र गोविन्द काफ्ले र प्रशिक्षकमा संजीव वाइबा रहेका छन्।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ।नेपालको पहिलो खेल लेबनान सँग दिउँसो २:१५ र इण्डोनेशिया सँग दोस्रो खेल ४:४५ मा रहेको छ।यसै बीच कतारमा रहेका सम्पूर्ण संघ संस्था तथा व्यक्तित्वहरूलाई उपस्थिति भई टिमको हौसला बढाउन नेपाली फुटबल टिमले आग्रह समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button