घट्याे तेलको भाउ

कतार पेट्रोलियम (क्युपी) ले मे महिनाका लागि तेलको भाउ समायोजन गरेको छ । भोलि १ तारिख शुक्रबार देखि लागू हुनेगरि सबै तेलको मुल्यमा गत महिनाको भन्दा २५ दिरहामले भाउ घटाएको कतार पेट्रोलियमले जनाएको छ ।
अब नयाँ निर्धारित भाउ अनुसार मे महिनामा प्रिमियम पेट्रोलको १ रियाल, सुपर पेट्रोलको १ रियाल ५ दिराम र डिजलको १ रियाल ५ दिराम प्रती लिटर पर्नेछ ।

अप्रिल महिनामामा प्रिमियम पेट्रोलको १.२५ ,सुपरको १.३० र डिजलको भाउ १.३० रियाल प्रती लिटर रहेको थियो ।
सन् २०१६ को अप्रिल देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्थ्यो । २०१७ को सेप्टेम्बर देखि भने कतार पेट्रोलियमले तेलको भाउ निर्धारण गर्दै आइरहेको छ ।
तेलको भाउ घटबढ हुन अघि कतारमा सुपर पेट्रोलको १.३० , प्रिमियमको १.२० र डिजलको १.४० रियाल प्रती लिटर रहेको थियो ।