४६ औं अमिर कपको उपाधि अल दुहेललाई

४६ औं अमिर कपको उपाधि अल दुहेलले जितेको छ।हिजो राती खलिफा अन्तराष्ट्रिय रंगशालामा सम्पन्न फाइनल खेलमा प्रतिद्वन्दी अल रेयानलाई २-१ गोलले हराउँदै दुहेलले उपाधि चुम्न सफल भएको हो। 

जम्मा ४५७६४ दर्शक उपस्थित रहेको हिजोको खेलमा दुहेल तर्फ खेलको ३४ औं मिनेटमा बौदियाफ र ८१ औं मिनेटमा इल अरबिले गोल गरेका थिए। अल रेयानका लागि ६९ औं मिनेटमा सोरियाले गोल गरे।

पुरस्कार वितरण फिफा अध्यक्ष जियनी इफान्तिनो,कतार फुटबल एसोसिएसनका उपाध्यक्ष साउद अल मोहन्दी लगायतको उपस्थितिमा अमिर शेख तमिम विन हमाद अल थानीले गर्नुभएको थियो।

रंगशालाको सम्पूर्ण बत्ती निभाएर आतसबाजी सँगै गरिएको समापन समारोह सम्झन लायक बनेको थियो।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button