वक्रा रंगशालामा छत राखियो

कतारले सन् २०२२ मा आयोजना गर्ने विश्वकपको खेल मैदान मध्येको एक वक्रा रंगशालामा छत हाल्ने काम सकिएको छ।कतार विश्वकपको लागि रंगशाला निर्माणको जिम्मा लिएको सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी ले यसको जानकारी दिएको हो।

‘अक्युलस बिम’ समेत भनेर चिनिने स्टिल बाट निर्मित जम्मा ३७८ टन र ९३ मीटर आकारको यो छत मैदान भन्दा ठिक ५० मीटर माथि ठडाइएको छ।यसले छतको अन्य निर्माण कार्य सक्न मदत दिनेछ।

६ अस्थायी बिम जोड्न,वेल्डिङ गर्न र छत राख्न सो निर्माणस्थलमा जम्मा ४० दिन लागेको थियो।रंगशालाको सम्पूर्ण कार्य सम्पन्न भएपछि दुवै तर्फ कोटेड भएको पिसिभी टिटानियम अाेटु जालिको सहायताले छत बन्द गर्न र खोल्न मिल्नेछ। छतले खेल मैदान र प्याराफिटलाई छहारी दिनुको साथै तापक्रम घटाउने प्रकियालाई मदत गर्नेछ।

देशको एतिहासिक स्थान अल वक्रामा अवस्थित वक्रा रंगशाला कतारको परम्परागत डुङ्गाको आकारमा बन्दैछ।जम्मा ४० हजार दर्शक क्षमता हुने यो रंगशालामा क्वार्टर फाइनल सम्मका खेलहरु संचालन हुनेछ।रंगशाला तयार हुन अझै एक वर्ष लाग्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button