एचकेएच कम्पनीमा अलपत्र कामदारको समस्या चाँडै समाधान हुन्छ : श्रम मन्त्री

कतारको प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्री इस्सा विन साद अल जफली अल नुआइमिले एचकेएच कम्पनीमा अलपत्र कामदारको समस्या चाँडै समाधान हुने प्रतिबद्धता व्यक्त गरेका छन्।हिजो कतारका लागि नेपाली राजदूत प्रा. रमेश प्रसाद कोइरालाले मन्त्री नुआइमी सँग गर्नुभएको भेटघाट कार्यक्रममा सो जानकारी प्राप्त भएको हो।

श्रम मन्त्रालयमा भएको सो भेटमा नेपाली श्रमिकहरुका विविध समस्या तथा समाधानका उपायहरु माथि छलफल भएको थियो।त्यस्तै भेटमा दुई देश वीच उच्चस्तरीय भ्रमणको आदान प्रदान गर्ने लगायत नेपाल कतार बीचको द्बिपक्षीय सम्बन्धका विविध विषय समेत छलफल गरिएको छ।

सो कम्पनीमा कार्यरत ४ सय २९ नेपालीसहित १२ सय विदेशी कामदार अलपत्र परेका छन् । उनीहरूले विगत तीन देखि ६ महिना यताको तलब पाएका छैनन्।गत मार्च २७ देखि काम रोकिएपछि पीडित कामदारहरूलाई खानाको जोहो गर्न समेत समस्या भएको थियो।नेपाली दूतावासको पहलमा कतार च्यारिटी मार्फत हाल खाद्यान्नको व्यवस्था भइरहेको छ।उनीहरूलाई कम्पनीले कतारको सनैयास्थित ३६, ४१ र अल खोरस्थित क्याम्पमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button