"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

आजाद भिसा भनेको के हो ?

 

सामान्य भाषामा आजाद भिसाको सिधा अर्थ फ्रि भिसा हो।कतार सरकारको अनुसार कामदारको लागि यहाँ व्यक्तिगत(घरेलु कामदार) र संस्थागत(कम्पनी कामदार) मात्र उपलब्ध छ।

हामीले भन्ने गरेको आजाद भिसाको खास अर्थ एनवसी सहितको वर्किङ भिसा हो। स्थानीय स्पोन्सर र कम्पनीको मिलेमतो बाट यस्तो भिसा निकाल्ने गरिन्छ जसलाई उनीहरू आफैले आजाद भिसाको नाम दिएको हो ।यो भिसा प्राप्त गरेको तीन महिना भित्र आफ्नो खुसी काम खोजेर गर्न पाइन्छ।यसको लागि नेपालीले प्राय ३५०० रियाल भन्दा माथि तिर्ने गरेको पाइएको छ।

आजाद भिसा गैरकानुनी

कतार सरकार बाट मान्यता प्राप्त नभएको कारण यो भिसालाई गैरकानुनी मानिएको छ।दलालहरु मार्फत कामदारलाई सजिलै पैसा कमाउन सकिने विभिन्न प्रलोभन देखाई अलपत्र पार्नेको संख्या हिजोआज बढिरहेको छ।काम नपाउन्जेल कुनै समस्या परे कानुनले समेत केही गर्न नसक्ने हुँदा यो मानव वेचविखन सम्बन्धी विषय पनि हो।नेपाली दूतावासले पनि यस्तो भिसामा कतार नआउन बारम्बार आग्रह गर्दै आइरहेको छ।

कसलाई ठीक ?

पहिले कतार बसेर फर्केको, काम गर्न चाहने कुनै काममा सर्टिफिकेट सहितको दक्ष मानिस र काम पाउने निश्चित भएकाहरूको लागि भने यो भिसा केही ठीक हुनसक्छ। तर जस्तै भएपनि यो भिसालाई गैरकानुनी नै मानिन्छ।सामान्य (लेबर) कामको लागि यस्तो भिसामा आउनु मूर्खता हुन्छ।कतार आइसकेपछि काम नपाउन्जेल खाना बस्नको लागि पहिलै सोच्नु आवश्यक छ।दलाल बाट बच्न एकदम जरुरी छ।यसको मतलब आजाद भिसालाई हामीले प्राथमिकता दिएको भने पक्कै होइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button