आफ्नो विवरण बुझाउन दूतावासको आग्रह

कतारमा आई विगत लामो समयदेखि कार्यरत नेपालीहरुको विवरण दूतावासले संकलन गर्ने भएको छ। कतारमा रहेका नेपालीको बारेमा जानकारी राख्न दूतावासले विवरण संकलनका लागि सूचना प्रकाशित गरेको छ।
विवरणको लागि तयार पारिएको फाराममा आफ्नो नाम,कार्यरत कम्पनीको नाम,नेपालको ठेगाना, सम्पर्क नम्बर,राहदानी नम्बर,कतार आईडी नम्बर र कतार आएको मिति भर्नुपर्नेछ।
फारम जुन २४ तारिक आईतवार सम्म बुझाउन दूतावासले सम्पूर्ण नेपालीमा आग्रह गरेको छ।
फारमको लागि : http://qa.nepalembassy.gov.np/ne/लामो-समयदेखि-कतारमा-काम-ग/