मोबाइल मनी बाट पैसा पठाउँदा १५ रियाल फिर्ता पाइने

ओरेडो मोबाइल मनी बाट नेपाल पैसा पठाउँदा १५ रियाल क्यासब्याक पाइने भएको छ।ओरेडोको कुनै पनि ग्राहकले पहिलो पटक मनिग्राम प्रयोग गरी पैसा पठाउँदा सो रकम फिर्ता पाउने भएको हो।अफर जुन ३० तारिख,२०१८ सम्मका लागि मान्य हुनेछ।

के हो ओरेडो मोबाइल मनी ?
ओरेडो मोबाइल मनी कतारको टेलिकम ओरेडोले विकसित गरेको एक उत्कृष्ट मोबाइल एप्प हो। यो एप्प प्रयोग गरी कतार भित्र तथा बाहिर रकम पठाउन,ओरेडो सिम मा ब्यालेन्स ट्रान्सफर गर्न,तलब भुक्तानी गर्न,बिल तिर्न लगायत अन्य धेरै सुबिधाहरु प्रयोग गर्न सकिन्छ।यो एप्प मार्फत एउटा सिम बाट जीवनभर जम्मा ५५ हजार कतारी रियाल सम्मको कारोबार गर्न सकिनेछ।एप्प नेपाली,हिन्दी,अरबी,अङ्ग्रेजी,बंगाली लगायत भाषामा उपलब्ध रहेको छ।
अन्तराष्ट्रिय खातामा रकम जम्मा गर्न
ओरेडो मनी एप्पमा दर्ता गरिसकेपछि ग्राहकले नेपाल लगायत दुई सय भन्दा बढी राष्ट्रहरूको खातामा रकम जम्मा गर्न सक्नेछन्।यो सेवा ओरेडो ले अल मादर एक्सचेन्ज सँग समन्वय गर्दै आर्कषक दरमा २४ देखि ७२ घण्टा भित्र अन्तर्राष्ट्रिय खातामा रकम जम्मा गर्ने सेवा प्रदान गर्दछ।
अन्तराष्ट्रिय रकम ट्रान्सफर गर्न
ओरेडोले मनिग्राम सँग समन्वय गर्दै विश्वभर आकर्षक दरमा जम्मा १० मिनेट भित्र रकम ट्रान्सफर गर्दछ।यो सुविधा प्रयोग गर्नाले लामो समयसम्म रेमिटान्स घरमा लाइन बसेर पैसा पठाउन पर्ने झन्झट बाट छुटकारा पाउन सकिन्छ ।नेपालको लागि जम्मा १७ रियाल शुल्कमा नै यस एप्प बाट पैसा पठाउन सकिनेछ।
मोबाइल ब्यालेन्स ट्रान्सफर,बिल तिर्न
यो एप्प मार्फत ओरेडो देखि ओरेडो सिम मा ब्यालेन्स ट्रान्सफर गर्न,ओरेडो सेवाको कुनै पनि बिल तिर्न लगायत अन्य सुविधा लिन सकिन्छ।
सुचारु कसरी गर्ने ?
सर्वप्रथम प्ले स्टोर वा एप्पल स्टोर मार्फत एप्प डाउनलोड गरी अथवा *१४०# डायल गरी आफ्नो आईडी बाट निकालिएको सिम प्रयोग गरी दर्ता गर्नुपर्दछ।फूल वालेट को लागि भने नजिकैको ओरेडो पसलमा गएर दर्ता गर्नुपर्ने हुन्छ।
वालेटमा रकम कसरी हाल्ने ?
ओरेडो मोबाइल मनीमा मिनी र फूल गरी दुई किसिमको वालेट रहेको छ।यी दुवै वालेटमा ओरेडो पसल,ओरेडो सेल्फ मेसिन वा क्यु एनबि को खाता बाट रकम हाल्न सकिनेछ।साथै आफ्नो वालेटमा रकम जम्मा गर्न निशुल्क रहेको छ।
थप जानकारीको लागि यहाँ थिच्नुहोस्।