ट्रम्पद्वारा किमसँगको शिखर वार्ता स्थगित भएको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको निर्धारित बैठक रद्द गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले हालै देखाएको क्रोध र शत्रुतापूर्ण व्यवहारका कारण आफूले वार्ता रद्द गरेको बताएका छन् । ट्रम्पले १२ जुनमा उत्तर कोरियासँग वार्ता गर्न अनुपयोक्त भएको बताएका छन् ।
ह्वाइट हाउसबाट उत्तर कोरियाली नेता किम जोङ उनका नाममा लेखिएको पत्रमा ट्रम्पले कुनै दिन वार्ताको वातावरण बन्ने आशा पनि व्यक्त गरेका छन् ।
उत्तर कोरियाले भने आफु जहाँ जुनसुकै बेला पनी भेट्न तयार रहेको जानकारी गराएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो