भारतमा निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

दक्षिण भारतमा फैलिएको निपा भाइरसका कारण पछिल्लो समयमा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
भारतको केरलाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार थप दुई जनाको कोझीकोड जिल्लामा रहेको एउटा अस्पतालमा बुधबार मृत्यु भएको हो ।
मृत्यु भएकामध्ये एक जना ६२ बर्षीय एक वृद्ध हुनुहुन्छ । पानी खाँदा निपा भाईरसको संक्रमण सरेको बताइएको छ ।
मृत्यु भएका १२ जना बाहेक कोझीकोड र मल्लापुरम जिल्लाका अन्य ९४ जनाको घरमा विषेश तरिकाले निरगरानी गरिएको छ भने १७ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
भाइरसको प्रकोप नियन्त्रण गर्न विभिन्न चरणमा फरक फरक तरिकाले प्रयासहरू भईरहेको राज्यका स्वास्थ्य मन्त्री के के सैलजाले जानकारी दिनुभयो ।
मन्त्री सैलाजाले निपा भाइरसबाट सङ्क्रमित विरामी एक्कासी देखा परेको र यो विरामीसँगको प्रत्यक्ष सम्पर्कबाट फैलिएको बताउनुभएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो