कम्पनी छोडेर जाँदा कति हिसाब पाइन्छ ?
कामदार आफू कार्यरत कम्पनी छोड्दा अथवा कम्पनीले निकाल्दा पाउने हिसाबलाई इन्ड अफ सर्भिस(ग्राचुइटी) भनिन्छ।यसलाई नेपालीमा उपदान पनि भन्ने गरिन्छ।कतारको श्रम कानून अनुसार कम्पनीमा काम गरेको एक वर्ष भन्दा माथि भएर कम्पनी छोडेर जाँदाको अवस्थामा कामदारले यो हिसाब पाउने प्रावधान रहेको छ।यसको हिसाब वर्षको न्यूनतम २१ दिन(तीन हप्ता) भन्दा कम हुनुहुँदैन।
हिसाब कति पाइन्छ ?
✒️ एक वर्ष भन्दा माथि काम गरेको खण्डमा = २१ दिन(तीन हप्ता) प्रति वर्ष ।
सामान्य सूत्र
प्रति वर्ष = न्यूनतम तलब/३० दिन × २१
(आएको प्रतिफल लाई आफू कम्पनीमा काम गरेको जम्मा वर्षले गुणन गर्नुहोला।)
अनलाइन हेर्ने कसरी ?
१.आन्तरिक मन्त्रालयको वेबसाइट मा जानुहोस्।
२.पहिलो बक्समा कम्पनी प्रवेश गरेको मिति हाल्नुहोस्।
२.दोस्रोमा कम्पनी छोड्ने मिति हाल्नुहोस्।
३.आफ्नो न्यूनतम तलब हाल्नुहोस्।
४.प्रति वर्ष पाउने हिसाब हाल्नुहोस।(प्राय कम्पनीले २१ दिनको मात्र दिने गर्दछ।)
५.तपाईंले पाउने हिसाब आउनेछ।
(अङ्ग्रेजी भाषाको लागि गुगल क्रोम प्रयोग गर्नुहोला।)
नपाए कहाँ उजुरी गर्ने ?
मन्त्रालयको अनुसार अब श्रमिकले हरेक प्रकारको उजुरी निम्न कार्यालयमा गएर पेश गर्नुपर्नेछ :
- दफ्ना स्थित अलहुदा टावरको पहिलो तल्लामा रहेको श्रम उजुरी विभाग
- औद्योगिक क्षेत्रमा रहेको मन्त्रालयको कार्यालय
- अलखोरमा रहेको मन्त्रालयको कार्यालय
- निजी क्षेत्रमा काम गर्ने कतारी नागरिकको लागि दफ्ना स्थित अल फैसल टावर को २९ औं तल्लामा रहेको मन्त्रालयको कार्यालय