कतारमा मंकिपक्स भाइरस देखियो

कतारमा मंकिपक्स भाइरस देखिएको यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
बाहिर देशबाट आएका एक यात्रुमा भाइरस देखा परेको मन्त्रालयले जानकारी दिएको छ । संक्रमित व्यक्तिलाई अस्पताल भर्ना गरिएको र सम्पर्कमा आएकालाई २१ दिनसम्म निगरानीमा राखिने मन्त्रालयले जानेको छ।
सम्भावित फैलावटलाई रोक्न आवश्यक स्वास्थ्य उपायका साथ मन्त्रालय तयारी अवस्थामा रहेको मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।
झन्डै ६५ वर्षअघि पत्ता लागेको यो भाइरस अफ्रिका हुँदै अमेरिका, युरोप र अष्ट्रेलिया लगायत ७२ देशमा देखिएको छ। भाइरसबाट अहिलेसम्म १५८३७ जना संक्रमित भएका छन् र ७२ जनाको मृत्यु भैसकेको छ ।
कोरोनाभाइरस जस्तो महामारी नभएपनि विश्व स्वास्थ्य संगठनले मंकिपक्सको फैलावटले जोखिम सिर्जना गर्न सक्ने हुँदा चनाखो हुनुपर्ने बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
2
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
2
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो