कतारमा राहदानी हराए/बिग्रिए के गर्ने ?

एमआरपी पासपोर्ट भन्नाले मेसिनले सजिलै यात्रुको विवरण जाँच गर्न सक्ने राहदानी हो।यसलाई नेपालीमा ‘यन्त्रवाचक राहदानी’ पनि भनिन्छ । यसको बहाल अवधि वा पृष्ठहरु थप गर्न नमिल्ने भएकोले सो अगावै रीतपूर्वक नयाँ राहदानीका लागि आवेदन दिनुपर्नेछ ।त्यस्तै राहदानी हराएको, बिग्रेको वा च्यातिएको, पानाहरु सकिएको अवस्थामा म्याद रहँदै नयाँ राहदानीका लागि दूतावासमा आवेदन दिएर नयाँ राहदानी लिन सकिन्छ ।
कतारमा राहदानी हराए के गर्ने ?
नयाँ एमआरपी बनाउनका लागि रीत पूर्वक राहदानी फाराम भरी एमआरपीलाई तोकिए अनुसारको फोटो खिची दोहास्थित नेपाली राजदूतावासमा आवेदन दिन पर्नेहुन्छ।नेपाल सरकारको नियम अनुसार विदेशमा आवेदन दिँदा द्रुत सेवा उपलब्ध छैन ।
हराएको वा बिग्रेको अवस्थामा नयाँ राहदानी आवेदन गर्न आवश्यक कागजातहरुः
- पुरानो राहदानी हराएको बारे स्थानीय प्रहरीको प्रतिवेदन
- रीतपूर्वक भरिएको राहदानी फाराम (दुई प्रति)
- नागरिकता प्रमाणपत्रको सक्कल (पहिले एमआरपी राहदानी प्राप्त गरिसकेकाहरुको हकमा नागरिकता प्रमाणपत्रको फोटोकपी भएमात्र हुने)
- पुरानो राहदानीको फोटोकपी
- कतारी आइडीको सक्कल
- हराएको वा बिग्रेको अवस्थामा नयाँ राहदानी शुल्क ३७० कतारी रियाल ।
नोट : राहदानी आवेदन दिने र लिने समयमा आवेदक स्वयं राजदूतावासमा उपस्थित हुनुपर्नेछ ।
राहदानी आवेदन दिने र लिने समयः
राहदानी आवेदन दिन : प्रत्येक आइतबार देखि विहीबार (बिहान ९:०० देखि दिउँसो १२:०० बजे सम्म) ।
नयाँ राहदानी लिन- प्रत्येक आइतबार देखि विहिबार (दिउँसो १२:०० देखि २:०० बजे सम्म) ।