टि.भी वा १०० ग्राम सुन नेपाल लैजाँदा कती कर तिर्नु पर्छ ?

अब वैदेशिक रोजगारीबाट घर फर्कनेले एक सय ग्राम काँचो सुन लिएर जाँन पाउने भएका छन् तर कर तिरेर मात्र ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मंगलबार नेपालको बजेट सार्वजनिक गर्दै वैदेशिक रोजगारीबाट नेपाल फर्कने लाई कर तिरेर एक सय ग्रामसम्म काँचो सुन लिएर आउन पाउने घोषणा गर्नुभएको छ ।
यस् अगी नेपाल जाने बिदेशी, गैरआवासीय नेपाली र वैदेशिक रोजगारीका लागि गएका नेपालीले काँचो सुन तथा चाँदी लिएर जाँन पाउँदैन थिए। काँचो सुन तथा चाँदी लिएर गएमा वा फेला परेमा त्यो सुनचाँदी जफत गरी त्यसको मूल्य बराबर जरिवाना, यदी १० लाख भन्दा रुपैयाँभन्दा बढी मूल्यको सुन वा चाँदी फेला परेमा कैद समेत हुने व्यवस्था थियो। तर गहना भने ५० ग्राम वा कर तिरेर चाहिँ लिएर जाँन पाइन्थियो ।
हालै मात्र आएको बजेटले भने वैदेशिक रोजगारीबाट घर फर्किदा एक सय ग्राम सम्मको काँचो सुन लिएर जाँन पाउने व्यवस्था गरिएको छ । तर त्यसको कर भने तिर्नु पर्ने हुन्छ ।
कति कर तिर्नुपर्छ त काँचो सुन लिएर जाँदा ?
नेपालको भन्सार विभागले निकालेको आर्थिक विधेयक को पृष्ठ ३६८ अनुसार काँचो सुनको दुईवटा महसुल दर हुनेछन्
१) १ ग्राम देखी ५० ग्राम सम्म लिएर जाँदा प्रति १० ग्रामको ५२०० रुपैयाँ ।
अर्थात १० ग्राम काँचो सुनको १ x५२०० = ५२०० रुपैयाँ, त्यस्तै ५० ग्राम काँचो सुनको ५ x ५२०० = २६,०००/- रुपैयाँ
२) ५० ग्राम देखी १०० ग्राम सम्मको लिएर जाँदा प्रति १० ग्रामको ६२०० रुपैयाँ ।
अर्थात ५ x ६२०० = ३१,०००/- रुपैयाँ
तेसो भए १०० ग्राम को कर कती पर्ने भयो ?
पहिलो ५० ग्रामको २६,००० रु + दोश्रो ५० ग्रामको ३१,००० जोडदा तपाईंले १०० ग्राम काँचो सुनको कर नेपाली रुपैयाँ ५७,०००/- रुपैयाँ महसूल तिर्नुपर्छ ।
५० ग्राम सम्मको गहना त ?
नझुकिनु होस् ५० ग्राम सम्माको गहना लैजाँदा कुनै शुल्क तिर्नुपर्दैन ।
* याद गर्नुहोला १०० ग्रामभन्दा बढी काँचो सुन लगेमा जफत हुनेछ ।
तपाईंको मनमा पर्श्न उठेको हुनसक्छ टि.भी मा के कती रहेछ भनेर ?
पहिला को जस्तै यो वर्ष पनि वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष (१२ महिना) काम गरी फर्कने नेपालीले एक पटकका लागि जुनसुकै प्रकारको ३२ इन्चसम्मको टिभीमा कर लाग्ने छैन ।
३२ इन्च भन्दा माथिको टि.भीमा कती लाग्छ कर ?
नेपाल राजपत्रमा प्रकाशित निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचनामा उल्लिखित टेलिभिजन मध्ये एल.सी.डी., प्लाज्मा वा एल.इ.डी. टेलिभिजनमा आर्थिक विधेयकको अनुसूचीको दफा २२ को उपदफा (१२) बमोजिम ५५ प्रतिशत भन्सार महसुल लाग्नेछ ।
