कतारमा रहेका नेपालीहरुले जान्नुपर्ने कुराहरू

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपाली नागरिकहरुले यहाँको प्रचलित कानून , धर्म, परम्परा र संस्कृति तथा रोजगारदाता कम्पनी सँग भएँको करारनामाका प्राबधानहरुको बारेमा आवश्यक जानकारी नहुँदा बिभिन्न प्रकारका गल्ती र कमजोरी हुन गई बिबिध समस्या , दुर्घटना तथा कानुनी जटिलतामा पर्ने गरेकोे पाइएको छ ।
समान्य सूचना तथा सतर्कताको अभाबमा ठगीमा पर्ने, सडक दुर्घटना परि ज्यान गुमौने,कनुनि कारबाही भोग्नुपर्ने तथा जेल ससजाय सम्मको समस्या भोग्नुपरेको अबस्था बिध्यमान छ । यसै सन्दर्भमा कतारस्थित नेपाली दूतावासले नेपाली नागरिकहरुको कतार बसाई सहज र सुरक्षित बनाउन केही विषयहरुमा ध्यान दिन आग्रह गरेकोे छ ।
१. रोजगारी सँग सम्बन्धित विषयहरु
आफ्नो राहदानी , कतारी आइडी , मेडिकल कार्ड , बैंक कार्ड लगायत अन्य महत्वपूर्ण कागजातहरुको फोटोकपी सुरक्षित सँग राख्नुहोस । बिनाकारण त्यस्ता कागजपत्र कसैलाई नदिनुहोस ।
राहदानी , कतारी आइडी , मेडिकल कार्ड , बैंक कार्ड नविकरण गर्नका लागि कम्पनीलाई जानकारी दिनुहोस ।
कामको सिलसिलामा तोकिएको पहिरन र सुरक्षाका कवज अनिवार्य रुपमा प्रयोग गर्नुहोस् ।
काममा जाँदा वा कोठामा फर्कंदा कम्पनीले तोकेको गाडीको मात्र प्रयोग गर्नुहोला ।
कुनै प्रलोभन वा उक्साहतमा परि आफू काम गर्ने कम्पनी वा बासस्थान नछाड्नुहोस ।
आफूलाई दिइएको कार्यस्थल भन्दा बाहिर गैरकानुनी रुपमा प्रवेश वा काम नगर्नुहोला ।
कुनैपनि बहाना वा उक्साहतमा काम स्थगन वा बन्द हड्ताल नगर्नुहोस ।
लाइसेन्स वा रोड पर्मिट बिना सवारी साधन नचलाउनु होस ।
राहदानी , कतारी आइडी , मेडिकल कार्ड , बैंक कार्ड नविकरण वा नबनाईदिएमा सर्वप्रथम सुपरभाइजर सँग शिष्टता पुर्वक कुरा राख्नु होस। त्यहाँ पनि भएन भने श्रम मन्त्रालयको कार्यलय गएर उजुरी गर्नुहोस ।
करारपत्र वा अन्य कागजातमा कसैले सही गर्न लगाए राम्रो सँग बुझेर मात्र सही गर्नुहोस् ।
आफ्नो काम सँग सम्बन्धित विषयमा सकेसम्म अरबी वा अंग्रेजी भाषाको ज्ञान लिनुहोस ।
कम्पनीले दिएको जिम्मेवारी लगनशिल तथा इमान्दारि पूर्वक पुरा गर्नुहोस् ।