गाउँलाई सहयोग गर्दै मिया

कतारको हमाद अस्पतालमा कार्यरत इब्राहीम मिया आफ्नो समाजको परिवर्तनको लागि लगिपर्दै आइरहेका छन्।
सन् २०१३ मा मिया सहित अन्य साथीभाई मिलेर खोलेको गोरखा मुस्लिम एकता सेवा समाजले विगत देखि पैसा र लुगाकपडा संकलन गरी नेपालमा सहयोग गर्दै आइरहेको छ ।उनको यो कार्यलाई कदर गर्दै हमाद अस्पतालले आफ्नो वेबसाइटमा यो समाचार प्रकाशित गरेको छ ।
“सहयोगको आवश्यकता रहेकालाई सहयोग गर्न आनन्द लाग्छ।हरेक वर्ष हामी यसरी चन्दा संकलन गरी नेपालमा बाँड्न सफल हुँदै आइरहेका छौं र यो रमादान मा मात्रै नभएर पूरा वर्ष हमाद अस्पतालका सहयोग गर्ने कर्मचारीहरु बाट नै सफल भएको हो।विषेशगरी महिला वेल्नेस रिसर्च सेन्टरका कर्मचारीलाई सम्झन चाहन्छु”,३ वर्ष यता देखि सोही विभागमा कार्यरत मियाले भने।
यो वर्ष समाजले रमादान महिनाभर इफ्तार को लागि कर्मचारी बाट १८ हजार रियाल सहयोग संकलन गरेको थियो।
अर्को प्रोजेक्टमा म मेरो गाउँमा एम्बुलेन्स खरिद गर्न सहयोग संकलन गर्ने सोचमा छु।अहिले हाम्रो गाउँमा बिरामी बोक्ने स्ट्रेचर मात्र उपलब्ध छ।आशा गरौं सोचेको पूरा हुनेछ”,मियाले बताए।