इद जुन १५ तारिख

यो वर्ष ‘इद अल फित्र’ जुन १५ तारिख शुक्रबार पर्ने भएको छ।खगोलीय हिसाब अनुसार रमादान १४३९ एएच महिना जुन १४ मा सकिने र शाव्वल महिना १५ देखि सुरु हुने  कतार क्यालेण्डर हाउस ले जनाएको छ।

शाव्वल महिनाको चन्द्रमा जुन १३ मा स्थानीय समय अनुसार राति १०:४५ मा उदाउनेछ।कतार क्यालेण्डर हाउसका प्रमुख खगोलविद बेशिर मर्जौक को अनुसार नयाँ चन्द्रमाको आयु १४ तारिख जम्मा १९ घण्टा २४ मिनेट सम्म रहनेछ र सूर्य अस्ताउने समयमा पश्चिम क्षितिज तर्फ ७.५ डिग्रीमा ढल्कनेछ।

दोहा लगायत प्राय अरब देशहरूमा जुन १४ को बेलुका टेलिस्कोपको सहाराले चन्द्रमा हेर्न सकिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button