कतारा टावर बन्ने

कतारको सुविधा सम्पन्न लुसेल सहरमा अवस्थित रहने कतारा टावर बन्ने भएको छ।हालसालै एक कार्यक्रम विच कतारा हस्पिटालिटिले निर्माणको जिम्मा एचबीके कम्पनीलाई जिम्मा दिएको आजको गल्फ टाइम्समा समाचार छ।
कार्यक्रममा कतारा र एचबीके कम्पनी बीच ३६ तल्ले टावर बनाउने सम्झौता हस्ताक्षर भएको छ।रिज़ क्लार्टन होटलमा आयोजना भएको हस्ताक्षर कार्यक्रममा कताराका प्रमुख शेख नवाफ विन जस्सिम विन जबोर अल थानी र एचबीके प्रमुख शेख अलि विन हमाद के अल थानीको उपस्थिति रहेको थियो।

अबको ३२ महिनामा निर्माण कार्य सम्पन्न गर्ने टावरमा कतारको पहिलो ६ तारे होटल,एक पाँच तारे होटल, ५५० कोठा भएको कम्प्लेक्स र ४९ अपार्टमेन्ट रहनेछ। टावर कतारको परम्परागत दुई जोडिएको तरवारको आकारमा निर्माण हुनेछ।
“कतार राष्ट्रिय भिजन २०३० को जिम्मा पाएको हामीले कतारको परम्परा झल्कने यस्ता अन्य प्रोजेक्टलाई निरन्तरता दिने छौं”, कताराका कार्यकारी निर्देशक हमाद अब्दुल्लाह अल मुल्लाले बताए।