ट्रम्प र किमबीच सिङ्गापुर भेट, ऐतिहासिक सम्झौता सम्पन्न

जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो ।
सिंगापुरमा उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ऐतिहासिक सम्झौता सम्पन्न भएको छ ।
पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीच बढ्दै गएको तनाव यो सम्झौताबाट अन्य भएको दुवै देशका नेताहरुले बताएका छन् ।
सिंगापुरको सेन्तोसा आइल्याण्डमा भएको शिखर वार्तामा किम र ट्रम्पबीच चार बुँदे सम्झौता भएको छ ।
सम्झौतापत्रमा उल्लेखित चार बुँदा
- संयुक्त राज्य अमेरिका र उत्तर कोरियाद्धारा दुवै राष्ट्रका नागरिकहरुको शान्ति र समुद्धिको आकांक्षा अनुरुप दुवै देशबीच नयाँ सम्बन्ध स्थापना गर्ने प्रतिवद्धता व्यक्त
- संयुक्त राज्य अमेरिका र उत्तर कोरियाले कोरियाली प्रायद्धीपलाई दीर्घकालीन र स्थीर शान्ति क्षेत्र बनाउन हातेमालो गर्ने
- गएको अप्रिल २७ मा पान्मुनजोन घोषणपत्रलाई सार्वजनिक रुपमा दोहोर्याउँदै उत्तर कोरिया कोरियाली प्रायद्धीपलाइ पूर्णरुपमा आणविक हतियारमुक्त बनाउने
- संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच कैदीबन्दी र युद्धका क्रममा बेपत्ताहरुको अवशेष पुन प्राप्त गर्ने र पहिले नै सनाखत भइसकेकालाई तत्काल सुपुर्दगी गर्नको लागि दुवै देशको प्रतिवद्धता
संयुक्त सम्झौतापत्रमा हस्तक्षर गर्दै ट्रम्पले दुर्इ देशबीचको वार्ता फलदायी भएको बताएका छन् । उनले दुर्इ देशको वार्ता सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् । उत्तर कोरियाले आफ्नो देशको आणविक कार्य अन्त्य गर्ने बताएको छ भने अमेरिकाले उत्तर कोरियाका लागि विशेष सुरक्षा दिने प्रत्याभूति दिएको छ ।
ह्वाइट हाउसमा फेरि भेट्छौँः ट्रम्प
यसै वार्ताबाट प्रभावित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतालाई फेरि भेट्ने बचन दिनु भएको छ । सिङ्गापुरमा भएको ऐतिहासिक शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले नेता किमलाई ह्वाइट हाउसमा भेट्ने बचन दिनु भएको हो ।
ट्रम्पले सम्झौता हस्ताक्षर समारोह समापनपछि ‘हामी फेरि भेट्छौँ, सम्भवत हामी ह्वाइट हाउसमै भेट्छौँ भन्नुभयो । दुई नेताबीच भएको पहिलो भेटघाटबाट अत्यन्त प्रसन्न हुनु भएका ट्रम्प उत्तर कोरियाली नेतासँग बारम्बार भेटगर्ने पनि बताउनुभयो ।