जुन १५ देखि बाहिर घाममा काम लगाउन नपाउने
क्युएनए
प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वषर्को गर्मी महिनाका लागि कार्य समय तोकेको छ । नियम कार्यन्वयन मन्त्रालयको २०१७ को निर्णय नं १६ अन्तर्गत खुल्ला कार्यक्षेत्रमा काम गर्ने कामदारहरुमा जून १५ देखि अगष्ट ३१ सम्मका लागि लागू हुनेछ ।
नियम खुल्ला कार्यक्षेत्र वा सिधा घाममा काम गर्न पर्ने कामदारहरुको लागि मात्र लागु हुनेछ ।यस्ता कार्यक्षेत्रमा काम गराउने कम्पनीले दिउँसो ११ः३० बजे देखि अपरान्ह ३ बजे सम्मका लागि काम बन्द गर्नपर्नेछ। साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरिक्षकले निरिक्षण गर्न आएको बेला सजिलै देख्नेगरि टासिएको हुनुपर्नेछ ।
मन्त्रालयले कम्पनीहरुलाई नियमको कदर गर्न आग्रह गरेको छ । त्यस्तै नियम उल्लघंन गर्ने कम्पनीलाई कम्तीमा १ महिना सम्मको लागि बन्द गर्ने चेतावनी समेत दिएको छ ।साथै मन्त्रालयको सम्बन्धित कर्मचारी जति बेला पनि निरिक्षणका लागि आउन सक्ने मन्त्रालयले जानकारी दिएको छ ।
उजुरी कहाँ गर्ने ?
प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालय
डिप्लोमेटिक एरिया,डल्फिन टावर संगै,दोहा
फोन नं ४०२८८८८८, हटलाइन नं ४४२४११०१
मन्त्रालयको- फेसबुक