आज जुन १४ तारिख, बिहिवार। रमादान २९, विश्वकप फुटबल आज बाट सुरु
अंग्रेजी मितिः इश्वी सन् २०१८ जुन १४ तारिख । बिहिवार। नेपाली मितिः २०७५ साल जेठ ३१ गते । रमादान २९ ।
शकसंवत् १९४०। नेपाल संवत् ११३८ चिल्लागा। वैशाख कृष्णपक्ष । तिथि– प्रतिपदा, २३:४५ बजेउप्रान्त द्वितीया।नक्षत्र–मृगशिरा, १६:०२ बजेउप्रान्त आर्द्रा। योग–शूल, ७:०९ बजेदेखि गण्ड, २८:१४ बजेउप्रान्त वृद्धि। करण– किंस्तुघ्न, १२:५४ बजेदेखि वव, २३:४५ बजेउप्रान्त वालव। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– मिथुन ।
दोहामा सूर्योदयः बिहान ४:४३ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:२५ मा हुनेछ ।
राहुकालः १३:१५ देखी १४ :५७ बजे सम्म । शुभ मुहूर्त : ११:०७ देखी १२:०१ ।
आज रोजाको समय बिहान ३:१४ देखि बेलुका ६:२८ बजे सम्म रहनेछ।
आज रमादानको अन्तिम दिन हुनेछ भने भोली ईद रहनेछ ।
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ४५ डिग्री र न्युनतम तापक्रम ३४ डिग्री सेल्सियस बिच रहने छ ।
आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २९ रुपैंयाँ ६४ पैसा र नेपाली बिक्रि दर २९ रुपैंयाँ ८० रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६१.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १५१.०० कतारी रियाल रहेको थियो ।
आज बाट फुटबलको महाकुम्भ यानी विश्व कप फुटबल सुरु हुँदैछ । २१औं संस्करणको विश्कप फुटबल रसियाका ११ शहर मा धन्नै एक महिना चल्ने छ र ३८ मिलियन अमेरिकी डलर पुरस्कार राशी रहेको यो खेलमा ३२ राष्ट्र सामेल हुदैछन् ।
आज को खेल
कतारको समय अनुसार साँझ ५:३० बजे उद्घाटन समारोह हुनेछ ।
साँझ ६ बजे : रुस विरुद्ध साउदी अरेबिया