"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

विश्वकप फुटबल २०१८

[bzplayer hls=”http://31.220.3.140:1935/tv/H5eGwOvzFT20180321/chunklist_w1394478204_tkaGxzZW5kdGltZT0xNTI4OTkxMTYwJmhsc3N0YXJ0dGltZT0wJmhsc2hhc2g9WUNsTzl1VWFhZU5FQUI5WkFXYTBIY3pEajdyUWNXUXdQRnN1ZndKX2hmRT0=.m3u8″] आज बाट फुटबलको महाकुम्भ यानी विश्व कप फुटबल सुरु हुँदैछ । कतारको समय अनुसार साँझ ५:३० बजे उद्घाटन समारोह हुनेछ भने पहिलो खेल आयोजक राष्ट्र रुस र साउदी अरेबिया बिच साँझ ६ बजे हुनेछ । २१औं संस्करणको विश्कप फुटबल रसियाका ११ शहर मा धन्नै एक महिना चल्ने छ र ३८ मिलियन अमेरिकी डलर पुरस्कार राशी रहेको यो खेलमा ३२ राष्ट्र सामेल हुदैछन् ।  

एसियाबाट जापान, साउदी अरेबिया, दक्षिण कोरिया, इरान र अस्ट्रेलिया गरी ५ देश । युरोपबाट आयोजक रूस, पोर्चुगल, जर्मनी, बेल्जियम, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ देश । उत्तर अमेरिकाबाट कोस्टारिका, मेक्सिको र पानामा  । दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया र पेरु र यस्तै अफ्रिकाबाट इजिप्ट, नाइजेरिया, सेनेगल, ट्युनिसिया र मोरक्को गरी ५ देश सहभागी हुँदैछन् ।

आयोजक रुस विश्वकपमा डेब्यू गर्दैछ भने आइसल्याण्ड र पानामाले पहिलो पटक विश्व कप खेल्नेछन् । 

तपाईं कतारमा हुनुहुन्छ, तपाईंको मनपर्ने देशले कहिले र कती बजे खेल्नेछ भन्ने जिज्ञासा लगेको छ भने यो लिन्क मा जानुहोला यस्तो छ फिफा विश्वकप २०१८ को खेल तालिका कतारको समयमा ।

आज, जुन १४, तारिक बिहीवार  कतारी समय खेल हुने ठाउँ टि.भी च्यानल 
रुस विरुद्ध साउदी अरेबिया    साँझ ६ बजे मस्को beIN SPORTS

 

 

 

भोली

शुक्रबार , जुन १५ कतारी समय खेल हुने ठाउँ टि.भी च्यानल 
इजिप्ट विरुद्ध उरुग्वे दिउँसो ३ बजे  इकाटेरिनबर्ग beIN SPORTS
मोरक्को विरुद्ध इरान साँझ ६ बजे सेन्ट पिटर्सवर्ग beIN SPORTS
पोर्चुगल विरुद्ध स्पेन राती ९ बजे सोची beIN SPORTS

फिफाको बहुचर्चित भ्रष्टाचार काण्ड, अमेरिका तथा युरोपियन युनियनसँग रुसको खराव सम्बन्ध, डोपिङ प्रकरणलगायतका विवादका बीच समयमै उत्कृष्ट तयारी गरेको रुसले उदघाटन समारोह विगतको तुलनामा फरक ढंगले गर्ने भएको छ । विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रुपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् । दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्व स्टार रोनाल्डो उदघाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् ।यसपाली उदघाटन समारोह धेरै हदसम्म सांगीतिक प्रस्तुतीहरुमा केन्द्रित हुने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button