विश्वकपमा आज तीन खेल, पोर्चुगल र स्पेनबीच कसले मार्ला बाजी ?
हिजोदेखी रसियामा जारी २१ औं सँस्करणको विश्वकप फुटबल प्रतियोगिता अन्तरगत आज दोस्रो दिन तीन खेलहरु हुँदैछन् । आजको पहिलो खेल कतार को समय अनुसार अपरान्ह ३ बजे इजिप्ट र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ भने दोश्रो खेल मोरोक्को र इरान बीच साँझ ६ बजे हुनेछ ।
आजको अन्तिम खेल राती ९ बजे बजे पोर्चुगल र स्पेन भिड्नेछन् । यी दुईको खेल सबैभन्दा प्रतिक्षित पनि बनेको छ ।
पोर्चुगल र स्पेनबीच, कसले मार्ला बाजी ?
आज समूह ‘सी’ को खेलमा विश्वकपका दावेबार टोली पोर्चुगल र स्पेन भिड्दैछन् । एक पटक विश्वकप जिति सकेको स्पेन र उपाधिका दाबेदार पोर्चुगलबीच यस विश्वकपमा पहिलो खेल हुन लागेको हो ।
आजको पहिलो खेलमा जित हातपार्दै उपाधि जित्ने बलियो टिमको रुपमा आफूलाई उभ्यान दुवै टिम लागि परेका छन् ।
यी दुई टिममा विश्व फुटबलका चर्चित खेलाडीहरु रहेकाले पनि आजको खेल प्रतिक्षित बनेको छ ।
पोर्चुगल र स्पेनबीच अहिलेसम्म ३५ वटा खेलमा प्रतिस्पर्धा भएको छ । यी सबै खेलका नतिजालाई हेर्दा स्पेन हावी देखिन्छ । स्पेनले १७ खेलमा पोर्चुगललाई पराजित गरेको छ भने ६ खेलमा मात्रै पोर्चुगल विजयी भएको छ । यी दुई टिमले १२ खेलमा बराबरी खेलेका छन् ।
सन् २०१० को विश्वकप फुटबलमा पोर्चुगल र स्पेनबीच अन्तिम १६ मा भेट भएको थियो । सो खेलमा पोर्चुगल स्पेनसँग १—० गोल अन्तरले पराजित भएको थियो ।
प्लेयर्स टु वाच
स्पेनः
आन्ड्रेस इनिएष्टा
दक्षिण अफ्रिकामा सम्पन्न भएको २०१० को विश्वकपको उपाधिपहिलो पटक स्पेनले जित्दा इनिएस्टा नायक बनेका थिए ।
जुलाई ११, २०१० स्पेनको लागि अविस्मरणीय दिन हो । यो दिन स्पेनिसहरूले सधै सम्झिरहने दिन पनि हो । फाइनल खेलमा इनिइस्टाको गोलबाट स्पेनले नेदरल्याण्ड्सलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप फुटबलको उपाधि उचालेको थियो । त्यतिबेला हिरो सावित भएका इनिएस्टा अहिले आफ्नो फुटबल करिअरको उतरार्धमा रहेको छ ।
३४ वर्षीय मिड्फिल्डर इनिएस्टाले सन् २००६ देखि विश्वकप अहिलेसम्म ३ वटा विश्वकप खेलिसकेका छन् भने यो विश्वकप उनका लागि अन्तिम हो । सन् १९९४ देखि फुटबल करिअर थालेका इनिएस्टाले केही दिनअघि मात्रै बार्सिलोनालाई स्पेनिस ला लिगा लिगको उपाधि दिलाएर विदा भएका थिए ।
सर्जिओ रामोस
सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न भएको विश्वकप फुटबलको उपाधि स्पेनले पहिलो पटक जित्दा मुख्य खेलाडी थिए, सर्जिगो रामोस । सन् २००५ देखि राष्ट्रिय टिममा परेका ३२ वर्षीय रामोसको यो विश्वकप चौथो हो ।
फिफाले आयोजना गर्ने प्रतियोगितामा रामोसले अहिलेसम्म ५४ खेलबाट ७ गोल गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडका कप्तान समेत रहेका रामोसले केही दिनअघि उनकै कप्तानीमा रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।
पोर्चुगलः
क्रिष्टियानो रोनाल्डो
पछिल्लो समय विश्वकप फुटबलमा चर्चित खेलाडी हुन् पोर्चुगलका कप्तान क्रिष्ट्रियानो रोनाल्डो । सन् २००३ देखि राष्ट्रिय टोलिमा आबद्ध भएका रोनाल्डोले सन् २००६ मा जर्मनीमा भएको विश्वकप खेलेका थिए ।
उनले इरानविरूद्द गोल गरेका थिए । जुन गोल रोनाल्डोको विश्वकपमा पहिलो थियो । सन् २०१४ को विश्वकप पोर्चुगलको लागि विर्सन लायक बन्दा रोनाल्डो पनि असफल भएका थिए । रोनाल्डोले अहिलेसम्म २००६, २०१० र २०१४ को विश्वकप गरी जम्मा ४ गोल मात्रै गरेका छन् । सन् १९९२ देखि १९९५ सम्म आन्द्रोन्हीहा क्लबबाट व्यावसायिक फुटबल शुरु गरेका थिए । उनी २००९ देखि हालसम्म स्पेनको रियल मड्रिड क्लबमा छन् ।
पेपे
पेपे त्यस्ता खेलाडी हुन् जसले विपक्षी टिमका खेलाडीलाई सहजै रोक्न सक्छन् । सन् २००७ देखि राष्ट्रिय टिमका नियमित सदस्य बनेका पेपेले आवश्यक परेको बेला आफ्नो टिमलाई जित दिलाउन सक्ने हैसियत राख्छन् ।
९५ खेलबाट ५ गोल गरेका पेपेले सन् २०१० र २०१४ को विश्वकप खेलेका थिए । सन् २०१६ को युरोकप पोर्चुगलले जित्दा मुख्य खेलाडी थिए पेपे ।
-नारायणी अन्लाइन बाट सभार