कतारका राम्रा कम्पनीले मात्र नेपाली कामदार ल्याउन पाउने

अब कतार सँगै खाडीका सबै प्रकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार ल्याउन नपाउने भएका छन् । मध्य पूर्व/ खाडी राष्ट्र कतार, साउदी अरब, यूएई, कुवेत, बहराइन र ओमनका कम्पनी जस्ले नेपाली कामदारलाई न्यूनतम आधारभूत तलब र अधिकार पनि दिदैनन् ती रोजगार दातामाथि खाडीका नेपाली दूतावासहरूले नयाँ नेपाली कामदार ल्याउन नपाउने नीति कडाइका साथ लागू गर्न थालेका हुन् ।

नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मे १४ देखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका’ कार्यान्वयन गर्न नेपाली दूतावासलाई अख्तियारी दिएपछि कम्पनी र म्यानपावरमाथि कडाइ गर्न थालिएको हो ।

जुन म्यानपावरले ल्याएका कामदार समस्यामा छन् र उसले अर्को कम्पनीको डिमान्ड ल्याएर अनुमति मागेको अवस्थामा कामदार ल्याउने अनुमति पनि रोकिने खबर आजको कान्तिपुर दैनिकमा छ ।

नेपालको ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका अनुसार नेपाली कामदार ल्याउनका लागि कम्पनीले मागपत्र प्रमाणीकरण गर्न अब आफैं नेपाली दूतावास पुग्नु पर्नेछ । दूतावासले मागपत्र प्रमाणीकरण/अभिलेख नगरेसम्म कामदार ल्याउने प्रक्रिया सुरु हुनेछैन । 

[bs-quote quote=”कतारका धेरैजसो कम्पनीको अवस्था बुझ्न फिल्ड अनुगमन गरिरहेका छौ ।” style=”style-13″ align=”center” author_name=”प्रोफेसर डा. रमेशप्रसाद कोइराला” author_job=”कतारका लागि नेपाली राजदूत” author_avatar=”https://qnkhabar.comm/wp-content/uploads/2018/06/amb1-1-269×300.png”][/bs-quote]

कतारका लागि नेपाली राजदूत प्रोफेसर डा. रमेशप्रसाद कोइरालाका अनुसार राजदुताबासले कतारमा रहेका कम्पनीलाई तीन तहमा वर्गीकरण गरेको छ ।  

जस्ले भिसा, टिकटको खर्च बेहोर्नुका साथै म्यानपावरलाई सेवा शुल्क दिने कम्पनीलाई कामदार ल्याउन तुरुन्तै अनुमति पाउनेछन् भने भिसा र टिकट खर्च बेहोर्ने तर म्यानपावरलाई सेवा शुल्क नदिने रोजगारदातालाई दुई दिनभित्र नेपाली राजदुताबास कतारले अनुमति दिनेछ । नयाँ कम्पनीको हकमा भने १० दिनको समय लाग्ने छ । 

कतारका धेरैजसो कम्पनीको अवस्था बुझ्न राजदुताबासले फिल्ड अनुगमन समेत गरिरहेको प्रोफेसर डा. रमेशप्रसाद कोइराला बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button