कतार सरकारले कामदारको न्यूनतम तलब तोक्ने

कतार सरकारले आप्रवासी श्रमिकको न्यूनतम तलब तोक्ने भएको छ।हिजो विभिन्न देशको दूतावासका प्रतिनिधिहरू सँग गरिएको छलफलमा सरकारले तलब तोक्ने तयारी गर्दै गरेको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्री डा.इस्सा साद अल जफली अल नुआइमीले बताएका छन्।

कतारमा कार्यरत बीस लाख भन्दा बढी आप्रवासी कामदारहरुको अधिकार सुरक्षित गर्न कार्यक्रममा ३६ देश संगको द्विपक्षीय श्रम सम्झौता पत्रमा  मन्त्रालयले हस्ताक्षर समेत गरेको कतार न्युज एजेन्सी (क्युएनए)ले जनाएको छ।

कार्यक्रममा बोल्दै मन्त्री नुआइमिले आप्रवासी कामदारको अधिकारको लागि थप महत्वपूर्ण कदम चाल्दै आइरहेको जिकिर समेत गरेका छन्।त्यस्तै श्रमिक सहायता कोष स्थापना गरेर विभिन्न कारणले तलब नपाएका श्रमिकहरुलाई सोही कोष बाट भुक्तानी गर्ने प्रक्रिया पनि अगाडि बढिरहेको जानकारी दिएका छन्।

त्यस्तैगरि सरकारले श्रमिकको अधिकार सुरक्षित गर्न २०१५ मा भित्र्याएको मजदुरी रक्षा प्रणाली अन्तर्गत अहिले २.४७ मिलियन कामदार रहेको छ भने जम्मा ४९ हजार ३ सय ८९ कम्पनी दर्ता भएको क्युएनएले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button