लालभित्ती युवा समूह कतारको साधारण सभा सम्पन्न

बेलबारी २, लालभित्तीका युवाहरुद्वारा संचालित युवा समूहको दोस्रो साधारण सभा सम्पन्न भएको छ। समूहका अध्यक्ष बिष्णु राईको सभापतित्वमा गत शुक्रबार भएको कार्यक्रममा मोरङ सुनसरी समाज कतारका अध्यक्ष एवम् एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष तेज कटुवालको प्रमुख लगायत अन्य व्यक्तित्वहरुको अतित्यथा रहेको थियो।

कार्यक्रममा उपस्थित अथितीहरुले लालभित्ती युवा समूह दोहा कतारको चर्चा परिचर्चा गर्नुका साथै समुहले गरेको विभिन्न सामाजिक कार्यको खुलेर प्रशंसा गरेका थिए।

समूहको दोस्रो साधारण सभा बाट निर्मल रिजालको अध्यक्षतामा १५ कार्यसमिती चयन भएकाे छ । नव गठित समूहमा प्रथम उपाध्यक्ष सराेज दुलाल,द्वितीय उपाध्यक्ष विजय कार्की, सचिव विरेन्द धिमाल ,सह-सचिव घनश्याम दुलाल,काेषाध्यक्ष तेज भुजेल,सहकाेषाध्यक्ष अन्तर भुजेल,संयाेजक घिरज चाम्लिङ सँगै सदस्यहरू राजकुमार कटुवाल ,उमेश बस्नेत ,सुमन शाह,इन्द्र तामाङ,अन्जली तामाङ, संयाेजक घिरज चाम्लिङ राई रहनु भएको थियोे । कार्यक्रममा नव निर्वाचित टोलीलाई सथप ग्रहण गराउनुका साथै कार्यसफलताको शुभकामना प्रदान गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button