रोकियो नेपालको फाइनल पुग्ने लक्ष्य, माल्दिभ्ससँग पराजित

साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको नेपाली टोली पुनः एक पटक इतिहास रच्नबाट वञ्चित भएको छ । समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल माल्दिभ्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
बंगबन्धु रंगशालामा भएको खेलमा माल्दिभ्सले नेपाललाई ३—० गोल अन्तरले पराजित गरेको हो ।

साफ च्याम्पियनसिपमा नराम्रो नतिजाले सुरुवात गरेको नेपालको अन्तिम खेल पनि सम्झन लायक बन्न सकेन । बंगलादेशमा नेपाल नयाँ इतिहास रच्ने अन्तिम घडीमा पुगेको भए पनि माल्दिभ्ससँग पराजित भएपछि फाइनल पुग्ने लक्ष्य रोकिएको हो ।

बंगलादेशमा साफको पहिलो खेलमा २—१ गोल अन्तरले पराजित भएको नेपालले आफुलाई लयमा फर्काउँदै दोस्रो र तेस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।  बंगलादेशमा भुटानविरुद्ध शानदार जित निकालेपछि पुनः प्रशंसकलाई तान्न नेपाली टोली सफल भएको थियो ।
भुटानलाई ४—० गोल अन्तरले  पराजित गरेको नेपालको लय कायमै रह्यो ।  आयोजक बंगलादेशलाई उसको घरेलु मैदानमा हजारौं समर्थकबीच पनि २—० गोल अन्तरले पराजित गर्दै आफ्नो क्षमता प्रदर्शन गरेको थियो ।

बंगलादेशलाई पराजित गर्दै नेपाल समूह ए को समूह विजेता बन्दै सेमिफाइनल पुगेको हो ।  यसअघिका खेलमा नेपालका खेलाडीहरुले उत्साहपूर्वक खेल देखाएपनि माल्दिभ्सविरुद्धको महत्वपूर्ण खेलमा भने त्यो उत्साह देखिएन । मंगलबार नेपालका प्रशिक्षक बालगोपाल महर्जनले टिमको स्पीरिड राम्रो रहेको प्रतिक्रिया दिएका थिए । भने इतिहास रच्ने पनि बताएका थिए ।

माल्दिभ्सका प्रशिक्षक पिटर सर्गिटले नेपाली खेलाडीको खुलेर प्रशंसा गरेका थिए ।  यसअघिका चार सेमिफाइनलमा कहिले अफगानिस्तान त कहिले भारतसँग नेपाल पराजित भएको थियो । माल्दिभ्सविरुद्धको खेलमा सुरुदेखि नै नेपालको मिडफिल्ड लाइनमा कमजोरी देखियो ।

जसले गर्दा राम्रो लयमा रहेको डिफेन्सलाइन पनि चल्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button