"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतारको श्रम कानून बारे जान्नैपर्ने कुराहरू

कफाला कानून खारेज गर्दै सन् २०१६ को डिसेम्बर देखि कतारले आप्रवासी कामदारका लागि नयाँ श्रम कानून कार्यान्वयनमा ल्याएको थियो।नयाँ श्रम कानूनले कामदारको हक अधिकार सुनिश्चित गर्न ठूलो भूमिका खेलेको छ।विगतको तुलनामा कतारमा श्रमिकको सुरक्षामा निकै सुधार पनि हुँदै गइरहेको छ।कतारमा कार्यरत आप्रवासीहरुले थाहा पाउनु पर्ने श्रम कानून मध्ये केही महत्वपूर्ण  जानकारी यस्तो छ : 

१.को को पर्छन् नँया कानुन भित्र ?

नँया कानुनले खाडी मुलुकका नागरिक बाहेक घरेलु कामदार सहित सबैलाई समावेश गरेको छ । खाडी मुलुक को नागरिकलाई भने यहाँ छुट्टै श्रम कानूनको व्यवस्था छ।

कतार भित्रने नयाँ कामदारको प्रक्रियामा के फरक होला ?

कतारमा श्रमिकहरु जुन काम तथा तलबमा भनेर आएका हुन्छन् यहाँ भित्रिसकेपछि अर्कै काम र कम तलबमा काम गर्नु पर्ने बाध्यता रहेको छ । यस समस्यालाई कतार सरकारले समाधान गर्नका लागी धेरै कसरत गरिरहेको छ । नँया कानुन भित्र श्रमिक आफैले आफ्नो कामको बारेमा करार पत्र आफ्नै देशमा हेर्न पाउने व्यवस्था छ र कतार सरकार र दूतावासको स्विकिृत पश्चात मात्र भिषा दिईन्छ ।

३.फेरी कतार आउन परेमा ?

श्रमिकले पहिला कतार बस्दा कुनै अपराध नगरी स्वदेश फर्केको खण्डमा भोली पल्ट नै कतार आउन पाउनेछ ।एउटै कम्पनीमा ५ वर्ष भन्दा माथि काम गरेको खण्डमा पहिलाको जस्तो २ बर्ष कुर्नु पर्दैन ।

४.काम गुमाएमा वा कम्पनी टुटेमा ?

कतारमा काम गुमाएमा करार पत्र सकेमा वा कम्पनी टुटेमा नँया काम खोज्नका लागी तीन महिना समय दिईनेछ । तीन महिना भित्रमा पनि नँया काम नपाएको खण्डमा भने श्रमिकले कतार छोड्न पर्ने हुन्छ ।

५.नँया कामका लागी के कुरा आवश्यक छ?

कतारमा प्रायजसो दुई प्रकारको काम करार अवधि रहेको छ।निश्चित करार र अनिश्चित करार । पहिला तपाईंले कती वर्षको काम करार पत्रमा हस्ताक्षर गर्नु भएको छ त्यो जान्न जरुरी छ । नयाँ कानुनमा आफ्नो कामको करार सकाएपछी कम्पनीको स्विकृती बिनानै नयाँ काम खोज्न सकिनेछ तर कम्पनी लाई लिखित रुपमा जानकारी भने गराउन पर्दछ ।

त्यस्तै आफ्नो काम करार नसकी नयाँ काम खोज्न भने कम्पनीको स्विकृती पत्र (एनओसी) नै चाहिन्छ। तर श्रमिकले आफु अन्याय वा दुर्व्यबहार वा शोषणमा परेको प्रमाणित गर्न सकेको खण्डमा भने श्रम मन्त्रालय मार्फत आवश्यक कगजपत्र पाउन बनाई नयाँ काम गर्न पाउनेछ ।

तपाईंको पासपोर्ट कम्पनीले राख्न पाउने छैन, राखेमा सो कम्पनी लाई कतारी रियाल २५ हजार जरिनामा लाग्नेछ।

७. गमन पत्र (एक्जीट परमिट) खारेज भयो त ?

कतार छोड्न चाहिने गमन पत्र खारेज भने भएको छैन ।कतार सरकारले गमन पत्रको प्रणाली हटाउने प्रयास गरिरहेको छ।पुरानो कानूनमा यो आफु कार्यरत कम्पनी बाट लिनु पर्ने व्यबस्था थियो भने अहिले आँफै अनलाईन वा सम्बन्धित सरकारी कार्यालयबाट लिन सकिन्छ। तर आफु कतार छोड्ने बारे आफ्नो कम्पनी लाई खबर भने गर्नु पर्नेछ ।

यधपी कम्पनीले नमानेको खण्डमा भने श्रमिक आँफैले सिधै गमन पत्र उजूरी केन्द्रमा गई निवेदन दिन पाइन्छ । यो पनि अनलाइन, प्रहरी चौकी वा सम्बन्धित सरकारी कार्यालय बाट दिन सकिनेछ । समितीले उक्त निवेदनलाई ७२ घण्टा भित्र नै सम्बोधन गर्नेछ अझ आपत्कालिन खण्डमा समितिले अझ छिटो काम गर्नेछ ।

८.गमन पत्र उजूरी केन्दले कसरी काम गर्छ ?

यस समिती आन्तरिक मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग तथा श्रम मन्त्रालयका उच्च पदाधिकारीहरु बाट बनेको समिती हो । यहाँ श्रमिकको उजुरी पर्ने बित्तिकै यसले श्रमिकको कम्पनी मा खबर गर्नेछ । गमन पत्र अश्विकार को बारेमा सोधपुछ गर्नेछ । श्रमिक र कम्पनीको विगतको गतिबिधी लाई निगरानीमा राख्नेछ । श्रमिकले पहिले कुनै अपराधिक क्रियाकलाप वा कतार मा श्रृण नभएको खण्डमा भने यस्ले स्वत्त गमन पत्र दिनेछ । अझ श्रमिक लाई आपत्कालिन परेको खण्डमा पनि आवश्यक कागज पत्र मिलाई स्वदेश फर्कने वातावरण मिलाउने छ ।

 

 

कम्पनी विरुद्ध कहाँ उजुरी गर्ने ?

अहिले श्रमिकको उजुरी लेबर कोर्टले हेर्दैन।त्यसको लागि छुट्टै श्रम विवाद समाधान समिति गठन भएको छ।समितिले बढीमा एक महिना भित्र जस्तोसुकै समस्याको समाधान सुल्झाउने बताइएको छ।मन्त्रालयको अनुसार अब श्रमिकले हरेक प्रकारको उजुरी निम्न कार्यालयमा गएर पेश गर्नुपर्नेछ :

  • दफ्ना स्थित अलहुदा टावरको पहिलो तल्लामा रहेको श्रम उजुरी विभाग
  • औद्योगिक क्षेत्रमा रहेको मन्त्रालयको कार्यालय
  • अलखोरमा रहेको मन्त्रालयको कार्यालय
  • निजी क्षेत्रमा काम गर्ने कतारी नागरिकको लागि दफ्ना स्थित अल फैसल टावर को २९ औं तल्लामा रहेको मन्त्रालयको कार्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button