कतारमा आज वर्षकै लामो दिन

आजबाट सूर्य दक्षिणतिर लाग्ने भएकाले कतार लगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आज जुन २१ को दिन वर्षभरीकै सर्वाधिक लामो हुने खगोलबिद डा बशिर मर्जौकले बताएका छन् ।
पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा सूर्य र पृथ्वीबीच विशेष गरेर चार प्रकारको भौगोलीय बिन्दु हुन्छ । त्यसमा दुईवटा बिन्दु ९० अंशमा पर्ने र अर्को दुई बिन्दु २३ डिग्री चार मिनेटमा पर्ने हुन्छ ।
९० अंशमा पर्दा दिन र रात बराबर हुन्छ भने २३ डिग्री चार मिनेटमा पर्दा उत्तरी गोलार्द्धमा दिन लामो हुने र दक्षिणी गोलार्द्धमा रात लामो हुने हुन्छ । आज सुर्य र पृथ्वी २३ डिग्री चार मिनेटमा पर्ने क्यालेण्डर हाउसका प्रमुख मर्जौकले बताए ।
भोलिदेखि क्रमिक रुपमा दिन छोटो र रात लामो हुँदै जानेछ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया आजको दिन लामो हुन्छ ।
अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ या २२ तारिखमध्ये कुनै एक दिन पर्छ ।