‘पण्डित बाजेको लौरी’ को ट्रेलर सार्वजनिक, बादी प्रथाको कथा

पश्चिम नेपालको एउटा सानो गाउँ भित्र रहेका बादी जातिको ‘बादी प्रथा’ र पण्डितहरुको ‘पण्डीत्याई’को कथा र व्यथालाई प्रस्तुत गरिएको नेपाली चलचित्र ‘पन्डित बाजेको लौरी‘ को ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलर हेर्दा (बिजय बराल) बादीले जीविकोपार्जनको लागि मादल बनाउछन् भने (सन्ध्या केसी) बदेनीले आफ्नो शरीर बेच्ने गर्दछन् । तल्लो जात भनेर हेपिने बदिनी र समाजको ठुलो जात पण्डितविचको सम्वन्धलाई चलचित्रमा प्रस्तुत गरिएको देखिन्छ ।
नेपालमा साउन ४ गते यानी जुलाई २० तारिकबाट प्रदर्शनमा आउने ‘पन्डित बाजेको लौरी’ लाई अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेका छन् भने दिपक ओलीले निर्देशन ।
महेश दवाडीको कथा/पटकथा/ संवाद, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत, विदुर पाण्डेको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी रहेको चलचित्रमा विजय बराल, भोलाराज सापकोटा, प्रमोद अग्रहरी, प्रविन खतिवडा, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य अभिनय रहने छ ।
ट्रेलर हेर्नुहोस्