अमेरिकी सैनिकले कतार नछोड्ने

उच्च अमेरिकी सुरक्षा प्रतिनिधिहरूले अमेरिकी सेनाले कतारको उदेइद बेस क्याम्प छोड्ने गलत समाचारको खण्डन गरेका छन्।कतार माथि नाकाबन्दी लगाउने छिमेकी राष्ट्रहरूको सामाजिक सञ्जालमा अमेरिकी सेनाले कतार र टर्की छोड्ने समाचार व्यापक रुपमा फैलिएपछि अमेरिकी सेन्ट्रल कमाण्ड(सेन्टकम)ले ट्विटर मार्फत उक्त प्रतिक्रिया दिएको हो।

अमेरिकी सैनिक कतारको अल उदेइद एयर बेस र टर्कीको इन्सिरलिक बेस क्याम्प छोड्ने समाचार पूर्णरुपमा गलत हो।शान्ति सुरक्षाका लागि एकजुट भई काम गर्ने बेलामा यस्तो झुटो समाचारले खाडी क्षेत्रको मित्रतालाई विभाजन सँगै अविश्वास तिर उकास्न सक्छ, सेन्टकमले ट्वीटरमा लेखेको छ।

नाकाबन्दी यता छिमेकी राष्ट्रहरूको केही मिडियाले कतार माथि गलत समाचार फैलाउँदै आएको छ।त्यस्ता समाचारहरु बिना स्रोत पूर्णरुपमा बनावटी रहेको छ।देश बारे गलत समाचार फैलाउन सामाजिक सञ्जालमा अभियान चलाएका त्यस्ता सञ्चार माध्यम विरुद्ध कतारको सरकारी सञ्चार कार्यालयले हालसालै अमेरिकामा उजुरी समेत गरेको थियो।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button