"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

आईडी हराएमा/बिग्रेमा के गर्ने ?

आफ्नो पहिचान दिने एकमात्र प्रमाण नै आइडी भएको कारण आइडी बोक्न मन्त्रालयले बारम्बार सुझाव दिँदै आइरहेको छ। त्यस्तै कतार प्रवेश गर्नको लागि नागरिकले हरेक विमानस्थलमा अनिवार्य रुपमा आइडी देखाउनुपर्दछ र बिना आइडी कतार प्रवेश गर्न मिल्दैन।

आईडी कतार भित्र हराएमा

आइडी कतार भित्रै हराए/बिग्रिएको अवस्थामा आप्रवासी नागरिकले आफ्नो कम्पनीमा तुरुन्त खबर गर्नुपर्दछ । कम्पनीको सम्बन्धित कर्मचारीले पासपोर्ट निर्देशनालय कार्यालयको कुनै शाखामा गई निवेदन संगै आइडी हराएको नागरिकको पासपोर्ट बुझाई नयाँ आइडी लिनसक्नेछन् । नयाँ आइडीको लागि दुईसय कतारी रियाल शुल्क भर्न पर्ने हुन्छ।

आईडी कतार बाहिर हराएमा

आप्रवासी नागरिकले आईडी हराएको देशको राहदानी कार्यालयमा निवेदन दिई हराएको आधिकारिक रिपोर्ट बनाउनु पर्नेछ। त्यसपछि उक्त आईडी हराएको रिपोर्ट कतारमा रहेको आफ्नो कम्पनीमा पठाउनु पर्नेहुन्छ । त्यसलगत्तै कम्पनीले यहाँ बाट रिर्टन परमिट निकाल्नेछ । त्यसको लागि पनि दुईसय कतारी रियाल लाग्दछ । रिर्टन पर्मिट आइडी हराएको नागरिकलाई पठाएको खण्डमा कतार प्रवेश गर्न सकिन्छ । कतार प्रवेश गर्नसाथ नागरिकले पासपोर्ट निर्देशानलय कार्यलयको कुनै शाखामा गई नयाँ आइडी लिनुपर्नेछ ।

आईडी आन्तरिक मन्त्रालयको वेबसाइट र मेट्राश २ एप्प बाट पनि निकाल्न सकिन्छ। कतारमा सम्बन्धित कर्मचारीले आग्रह गरेको बेला आइडी देखाउन नसकेको खण्डमा १० हजार रियाल सम्मको जरिवाना हुनसक्ने नियम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
113
मनपर्‍यो
खुसी लाग्यो
29
खुसी लाग्यो
दुःख लाग्यो
25
दुःख लाग्यो
रुन मन लाग्यो
31
रुन मन लाग्यो
हाँसो लाग्यो
18
हाँसो लाग्यो
रीस उठ्यो
22
रीस उठ्यो
बिज्ञापन
Back to top button